Kathmandu Press

कोरोना संक्रमणबाट निको भए २२ लाख मानिस

काठमाडौं, जेठ ११ : कोरोना भाइरसको संक्रमण कम नभएपनि निको हुनेको संख्या भने बढ्दै गएको छ। अहिलेसम्म ४० प्रतिशत संक्रमित निको भएका छन्।

विश्व ....

कोरोना संक्रमणबाट निको भए २२ लाख मानिस

काठमाडौं, जेठ ११ : कोरोना भाइरसको संक्रमण कम नभएपनि निको हुनेको संख्या भने बढ्दै गएको छ। अहिलेसम्म ४० प्रतिशत संक्रमित निको भएका छन्।

विश्व स्वास्थ्य संगठनका अनुसार, आइतबार बिहानसम्म ५४ लाख सात हजार चार सय १४ जना कोरोनबाट संक्रमित भएका छन्। त्यसमध्ये २२ लाख ४७ हजार नौ सय ६३ जना निको भएका छन्।

त्यस्तै, तीन लाख ४४ हजार २५ जनाले कोरोनाबाट ज्यान गुमाएका छन्। अझै २८ लाख १५ हजार चार सय २६ जनाको उपचार चलिरहेको छ भने ५३ हजार पाँच सय ६७ जना गम्भीर रहेका छन्।

अहिलेसम्म सबैभन्दा बढी अमेरिकामा निको भएका छन्। अमेरिकामा संक्रमित भएका १६ लाख ६६ हजार आठ सय २८ जनामध्ये चार लाख ४६ हजार नौ सय १४ जना निको भएका छन्। कोरोनाबाट ९८ हजार ६ सय ८३ जनाले ज्यान गुमाएका छन्।

त्यस्तै, तीन लाख ४९ हजार एक सय १३ जना बिरामीमध्ये एक लाख ४२ हजार पाँच सय ८७ जना निको भएका छन। ब्राजिलमा २२ हजार एक सय ६५ जनाको मृत्यु भएको छ।

त्यस्तै, तीन लाख ३५ हजार आठ सय ८२ मध्ये एक लाख सात हजार नौ सय ३६ जना निको भएका छन्। अहिलेसम्म तीन हजार तीन सय ८८ जनाले ज्यान गुमाएका छन्।

सबैभन्दा निको हुने दर राम्रो जर्मनीमा रहेको छ। जर्मनीमा संक्रमण देखिएका एक लाख ७९ हजार नौ सय ८६ जनामध्ये एक लाख ५९ हजार नौ सय जना निको भएका छन्। जर्मनीमा आठ हजार तीन सय ६६ जनाले ज्यान गुमाएका छन्।

छिमेकी भारतमा पनि निको हुने दर सुध्रिदै गएको छ। भारतमा संक्रमण देखिएका एक लाख ३१ हजार पाँच सय ९० जनमध्ये ५४ हजार चार सय ४१ जना निको भएका छन्। भारतमा तीन हजार आठ सय ६९ जनाले ज्यान गुमाएका छन्।

नेपालमा भने संक्रमण देखिएका पाँच सय ८४ जनामध्ये ७० जना निको भएका छन्। अहिलेसम्म तीन जनाको कोरोनाबाट ज्यान गएको छ।

प्रकाशित मिति: ११:५३ बजे, आइतबार, जेठ ११, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्