Kathmandu Press

उपचारका लागि देउवा सिंगापुर प्रस्थान

उपचारका लागि देउवा सिंगापुर प्रस्थान

काठमाडौं, फागुन १४ : शेरबहादुर देउवा स्वास्थ्य उपचारका लागि सिंगापुर प्रस्थान गरेका छन्।

नेपाली कांग्रेसका पूर्व सभापति समेत रहेका देउवा बुधबार राति ११स्३० बजे सिंगापुर एयरलाइन्सको उडानबाट प्रस्थान गरेका हुन्।

उनको स्वास्थ्य अवस्थाबारे विस्तृत जानकारी सार्वजनिक नगरिए पनि नियमित स्वास्थ्य परीक्षण तथा आवश्यक उपचारका लागि उनी सिंगापुर गएको स्रोतले जनाएको छ।

प्रकाशित मिति: ११:३३ बजे, बिहीबार, फागुन १४, २०८२