Kathmandu Press

चुनावमा खटिएका सुरक्षाकर्मी घाइते भए सरकारले उपचार गर्ने

‘निर्वाचनको क्रममा घाइते भएका सुरक्षाकर्मी तथा निर्वाचन प्रहरीलाई उपचारमा क्रममा लाग्ने खर्च नेपाल सरकारले ब्यहोर्ने,’ सरकारको निर्णय सुनाउँदै प्रवक्ता अर्यालले भने।
चुनावमा खटिएका सुरक्षाकर्मी घाइते भए सरकारले उपचार गर्ने

काठमाडौं, फागुन १३ : सरकारले आसन्न निर्वाचनको क्रममा घाइते भएका सुरक्षाकर्मी तथा निर्वाचन प्रहरीको निस्शुल्क उपचार गर्ने निर्णय गरेको छ।

मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले निर्वाचनका क्रममा घाइते भएका सुरक्षाकर्मीको उपचारका क्रममा लाग्ने खर्च सरकारले ब्यहोर्ने निर्णय गरेको प्रवक्ता एवं गृहमन्त्री ओमप्रकाश अर्यालले जानकारी दिए।

Hardik ivf

‘निर्वाचनको क्रममा घाइते भएका सुरक्षाकर्मी तथा निर्वाचन प्रहरीलाई उपचारमा क्रममा लाग्ने खर्च नेपाल सरकारले ब्यहोर्ने,’ सरकारको निर्णय सुनाउँदै प्रवक्ता अर्यालले भने।

सो अवधिमा कोही पनि सुरक्षाकर्मीको मृत्यु भएमा परिवारलाई आर्थिक सहायता उपलब्ध गराउने निर्णय पनि भएको उनले बताए।
 
प्रकाशित मिति: १४:२७ बजे, बुधबार, फागुन १३, २०८२
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्