निर्वाचन सुरक्षाबारे एमाले गम्भीर, सरकारले मतदाताको मनमा त्रास उत्पन्न गराएको आरोप
उनले कर्फ्यू निषेधाज्ञा जारीले जनतामा क्षणिक सुरक्षाको अनुभूति दिएपनि मतदाताको मनमा डर–त्रास उत्पन्न भइ स्वतन्त्र रुपले रोजेको दललाई मतदान गर्ने अधिकारलाई कुण्ठित गर्ने धारणा राखे।
काठमाडौं, फागुन १२ : नेकपा एमालेले सरकारले चुनाव नजिकिँदै गलर्दा तराई–मधेशका विभिन्न जिल्लामा कफ्र्यु र निषेधाज्ञा जारी गर्नु सुरक्षा व्यवस्थापनको कमजोरी भएको बताएको छ।
मंगलबार पार्टी मुख्यालयमा पत्रकार सम्मेलन गरेर प्रचार विभाग प्रमुख मीनबहादुर शाहीले जनताको शान्ति सुरक्षाका नाममा कफ्र्यु,निषेधाज्ञा जारी गर्नु सुरक्षा व्यवस्थापनको कमजोरी भएको औंल्याए।
उनले कर्फ्यू निषेधाज्ञा जारीले जनतामा क्षणिक सुरक्षाको अनुभूति दिएपनि मतदाताको मनमा डर–त्रास उत्पन्न भइ स्वतन्त्र रुपले रोजेको दललाई मतदान गर्ने अधिकारलाई कुण्ठित गर्ने धारणा राखे।
‘चुनाव नजिकैगर्दा देशमा सुरक्षा झन संवेदनशिल बन्दै गएकोप्रति एमालेको गम्भीर ध्यानाकर्षण भएको छ। तराई–मधेशका विभिन्न जिल्लामा कफ्र्यु,निषेधाज्ञा जारी गरिरहदा आम मतदाता सर्वसाधारणले भयरहित वातावरणमा मतदान केन्द्रमा गएर मतदान गर्न पाउने संवैधानिक अधिकार कुिण्ठत हुनसक्ने अवस्था उत्पन्न भएको छ,’ उनले भने, ‘साधारण जनताको शान्ति सुरक्षाका नाममा कफ्र्यु,निषेधाज्ञा जारी गर्नु सुरक्षा व्यवस्थापनको कमजोरी हो। यसले जनतामा क्षणिक सुरक्षाको अनुभूति दिएपनि मतदाताको मनमा डर–त्रास उत्पन्न भइ स्वतन्त्र रुपले रोजेको दललाई मतदान गर्ने अधिकारलाई कुण्ठित गर्छ।’
त्यस्तै महान्यायाधिवक्ताको कार्यालयले जुनसुकै प्रकारका आपराधिक क्रियाकलाप, जेनजी उपद्रवमा प्रत्यक्ष संलग्न व्यक्तिहरूलाई आममाफी दिने निर्णयले कानुनी राज्यको बर्खिलाप र दण्डहीनता मौलाउने वातावरण निर्माण हुँदै गएको ठहर छ।
‘महान्यायाधिवक्ताको कार्यालयले जुनसुकै प्रकारका आपराधिक क्रियाकलाप, जेनजी उपद्रवमा प्रत्यक्ष संलग्न व्यक्तिहरूलाई आममाफी दिने निर्णयले कानुनी राज्यको बर्खिलाप र दण्डहीनता मौलाउने वातावरण निर्माण हुँदै गएको छ,’ उनले भने,‘जेनजी प्रदर्शनका क्रममा भएका घटनाहरूको छानबिन गर्न बनेको आयोगको प्रतिवेदन सार्वजनिक नगर्दै महान्यायाधिवक्ताको कार्यालयले अपराधलाई धोइपखाली गर्ने अर्थात् ‘वासिङ्ग मेसिनको रूपमा काम गर्नु न्याय मर्नु सरह हो । महान्यायाधिवक्ताको कार्यालयलाई यो कार्य तत्काल रोक्न आग्रह गर्दछौँ।’
त्यस्तै निर्वाचन आचारसंहिता उल्लङ्घन रोक्न एमालेले माग गरेको छ।












