मलाई संसद्भित्रबाट निकाले पनि जनताको मनबाट निकाल्न नसेनन् : रवि लामिछाने
‘जनताको आदेश भन्दा र संसद्मा ‘बा’को आदेश ठुलो भयो,’ उनले भने, ‘दुई घण्टामा सूचना टाँसेर मलाई गलहत्त्याएर उहाँले सङ्घीय संसद् भित्रबाट निकाल्नु भयो। तर जनताको मनबाट निकाल्न सक्नु भएन्।’
झापा, फागुन १२ : राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाका सभापति रवि लामिछानेले सङ्घीय संसद् भित्रबाट निकालेपनि जनताको मनबाट निकाल्न नसकेको दाबी गरेका छन्।
झापा २ मा पुगेका सभापति लामिछानेले जनताको आदेशभन्दा पनि ‘बा’को आदेश ठूलो भएको उल्लेख गर्दै संघीय संसद् भित्रबाट निकालेपनि जनताको मनबाट निकाल्न नसकेको बताए।
‘जनताको आदेश भन्दा र संसद्मा ‘बा’को आदेश ठुलो भयो,’ उनले भने, ‘दुई घण्टामा सूचना टाँसेर मलाई गलहत्त्याएर उहाँले सङ्घीय संसद् भित्रबाट निकाल्नु भयो। तर जनताको मनबाट निकाल्न सक्नु भएन्।’
उनले दलको आदेश सर्वपरी मानेर जनाताको आवाजलाई सदनबाट बन्द गर्ने मानिस आज कुन अनुहार लिएर भोट मागिरहनु भएको छ भन्दै प्रश्न गरेका छन्। ‘दलको आदेश सर्वपरी मानेर नेपाली जनताको आवाजलाई सदनबाट बन्द गर्ने र मानिस आज कुन अनुहार लिएर भोट मागिरहेको छन् मलाई थाहा छैन,’ उनले भने।
उनले भिजिट भिसाको छानबिन गर्न माग गर्दै रास्वपाका २१ जना सांसदलाई घाँटी न्याँकेर निकालेको बताए।
‘संसद् नियमावलीले स्पष्ट भन्छ, थुनामा नरहेको मान्छे मुद्दाको किनारा लागेको छैन । तर थुनामा छैन भने उसको सांसद पद निलम्बन हुँदैन भनेर। संसद् नियमावली १०० प्रतिशत संसद्ले सदर गरेको डकुमेन्ट हो । संसदका लागि बनाएको कानुन हो । त्यो सदर गरिएको डकुमेन्ट त्यही थियो’, उनले भने।
सभापति लामिछानेले आफु इन्दिरा राना मगर पक्षमा खडा भएको दाबी गरे। उनले भने, ‘म इन्दिरा राना मगरको पक्षमा खडा भएको छु । गर्वका साथ खडा भएको छु।’












