Kathmandu Press

पोखरादेखि ३४ यात्रु लिएर काठमाडौँ जाँदै थियो धादिङमा दुर्घटनाग्रस्त बस 

पोखराको पर्यटक बसपार्कबाट आइतबार साँझ ७ बजे छुटेको ग १ ख १४२१ नं उक्त बसमा ३४ यात्रुसहित चालक र दुईजना बसका कर्मचारी सवार रहेको समितिका अध्यक्ष ऐनबहादुर साईले बताए । 
पोखरादेखि ३४ यात्रु लिएर काठमाडौँ जाँदै थियो धादिङमा दुर्घटनाग्रस्त बस 

काठमाडौं, फागुन ११ : धादिङको बेनीघाट रोराङ गाउँपालिका–५ भैँसीगौडामा आज विहान दुर्घटना भएको बसले पोखरादेखि ३४ जना यात्रु लिएर काठमाडौँका लागि छुटेको पृथ्वी राजमार्ग बस सञ्चालक समितिले जनाएको छ। 

पोखराको पर्यटक बसपार्कबाट आइतबार साँझ ७ बजे छुटेको ग १ ख १४२१ नं उक्त बसमा ३४ यात्रुसहित चालक र दुईजना बसका कर्मचारी सवार रहेको समितिका अध्यक्ष ऐनबहादुर साईले बताए। 

“पोखरादेखि बस छुट्दा चालक, कर्मचारीसहित बसमा ३७ जना सवार थिए, बीच बाटोमा अन्य यात्रु पनि चढेको अनुमान गरिएको छ, विस्तृत विवरण आइसकेको छैन”, उनले भने।

बस दुर्घटनामा परी १७ जनाको मृत्यु भएको र २४ जना घाइते भएको जनाइएको छ । दुर्घटनाको थप विवरण आउन बाँकी छ। 

प्रकाशित मिति: ०८:४३ बजे, सोमबार, फागुन ११, २०८२
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्