Kathmandu Press

‘राजनीतिक अस्थिरताले भ्रष्टाचार मौलायो, एमाले सशक्त रूपमा चुनावमा’

पछिल्लो समय सामाजिक सञ्जालको दुरुपयोग बढेको उल्लेख गर्दै उनले ‘सोसल मिडिया फार्मिङ’ र ‘न्युज फार्मिङ’ जस्ता गतिविधिले जनताको निराशा झन् बढाएको दाबी गरे।
‘राजनीतिक अस्थिरताले भ्रष्टाचार मौलायो, एमाले सशक्त रूपमा चुनावमा’

काठमाडौं, फागुन १० : नेकपा एमालेका सचिव तथा भक्तपुर जिल्ला क्षेत्र नम्बर २ का प्रतिनिधिसभा सदस्य उम्मेदवार महेश बस्नेतले राजनीतिक अस्थिरताका कारण देशमा भ्रष्टाचार मौलाएको तथा सुशासन कायम हुन नसकेको बताएका छन्।

भक्तपुरमा आयोजित एमाले उम्मेदवारहरूको चुनावी प्रतिबद्धता सार्वजनिक कार्यक्रममा बोल्दै दलहरू कमजोर र विभाजित हुँदा कुनै पनि दलले बहुमत प्राप्त गर्न नसक्ने र त्यसले राजनीतिक स्थिरता कायम हुन नसक्ने अवस्था सिर्जना भएको बताए।

Hardik ivf

‘दलहरु कमजोर हुँदा, दलहरु विभाजित हुँदा कुनै पनि दलले बहुमत प्राप्त गर्न नसक्दा राजनीतिमा स्थिरता कायम नहुने रहेछ। अस्थिर राजनीतिभित्र भ्रष्टाचार मौलाउने, सुशासन कायम हुन नसक्ने र राजनीतिभित्र अनेक विकृति र विसंगतीहरु देखिने जसको कारणले जनतामा एक खालको निरासा पैदा भैइरहेको त्यसमाथि पनि पछिल्लो समयमा सामाजिक सञ्जालको दुरुपयोग गरेर सोसल मिडिया फार्मिङ, न्यूज फार्मिङ जस्ता अनेक खालका फार्मिङहरु सुरु भएका छन् । त्यसले जनताका निरासा झन बढाउने काम गरेको छ । बलेको आगोमा घिउँ थप्ने काम भएको छ,’ उजले भने।

उनले अस्थिर राजनीतिले भ्रष्टाचारलाई प्रश्रय दिएको, सुशासन कमजोर बनाएको तथा विभिन्न विकृति र विसंगतिहरू जन्माएको बताए। यसकै कारण जनतामा निराशा बढ्दै गएको उनको भनाइ थियो। पछिल्लो समय सामाजिक सञ्जालको दुरुपयोग बढेको उल्लेख गर्दै उनले ‘सोसल मिडिया फार्मिङ’ र ‘न्युज फार्मिङ’ जस्ता गतिविधिले जनताको निराशा झन् बढाएको दाबी गरे।

बस्नेतले यस्तो परिस्थितिमै निर्वाचन भइरहेको उल्लेख गर्दै सबै दलहरू चुनावमा सहभागी भइरहेको बताए। भदौ २३ र २४ गतेका घटनापछि समाज नै त्रसित बनेको जस्तो देखिएको उनको टिप्पणी थियो।

एमाले सशक्त पार्टी भएको उल्लेख गर्दै उनले संसदमा मजबुत रूपमा उभिनका लागि पार्टीले चुनावमा सशक्त भूमिका खेलिरहेको बताए।

‘यस्तो अवस्थामा निर्वाचन भैइहेको छ र दलहरु निर्वाचनमा भाग दिइरहेका छन्। भदौ २३ र २४ गतेको घटनापछि हाम्रो सिंगो समाज सातो गएको बच्चाजस्तो देखिँदैछ । नेकपा एमाले सशक्त पार्टी हो र संसदमा सशक्त भएर उभिनको लागि चुनावमा सशक्त भूमिका खेल्दैछौं,’ उनले भने।

प्रकाशित मिति: १६:३१ बजे, आइतबार, फागुन १०, २०८२
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्