Kathmandu Press

निर्वाचनमा सहभागी दलहरु अनुशासनको परिधिभित्र रहन आग्रह

‘सबै दललाई एउटै समूह, एउटै रेखामा राखेर र अनुशासनको परिधिभित्र रहेर निर्वाचनमा सहभागि हुनुहोला । स्वच्छ प्रतिस्पर्धामा संलग्न हुनुहोला,’ उनले भने।
निर्वाचनमा सहभागी दलहरु अनुशासनको परिधिभित्र रहन आग्रह

काठमाडौं, फागुन १० : कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले सबै राजनीतिक दललाई एउटै अनुशासनको परिधिभित्र रहेर निर्वाचनमा सहभागीता हुन आग्रह गरेका छन् ।

निर्वाचन समाचार अभिमुखीकरणमा बोल्दै कार्यवाहक आयुक्त भण्डारीले सबै दललाई एउटै समूहमा बसेर अनुशासनको परिधिभित्र रहेर निर्वाचनमा सहभागिता भई स्वच्छ प्रतिस्पर्धामा संलग्न हुन आग्रह गरेका हुन् ।

Hardik ivf

‘सबै दललाई एउटै समूह, एउटै रेखामा राखेर र अनुशासनको परिधिभित्र रहेर निर्वाचनमा सहभागि हुनुहोला । स्वच्छ प्रतिस्पर्धामा संलग्न हुनुहोला,’ उनले भने।

उनले निर्वाचनको मुखमा लागि ९ देखि १० लाखसम्म युवा मतदान थपिएको समेत बताए। ‘यस पटक ९ देखि १० लाखसम्म युवा मतदाता थपिएका छन् । युवाहरु पनि नयाँ जोस–जागर र उत्साह लिएका युवा छन्,’ उनले भने ।

उनले निर्वाचनको वातावरण विथोल्न नहुनेमा जोड दिए ।

प्रकाशित मिति: १४:५६ बजे, आइतबार, फागुन १०, २०८२
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्