Kathmandu Press

मकवानपुरको मनहरीमा बस दुर्घटना हुँदा २२ जना घाइते

मनहरी गाउँपालिका-७ बिजौनास्थित सडकमा आइतबार बिहान वीरगन्जबाट चितवनतर्फ जाँदै गरेको बाप्र ०६-००१ख ००५४ नम्बरको यात्रुवाहक बस दुर्घटना भएका हो।
मकवानपुरको मनहरीमा बस दुर्घटना हुँदा २२ जना घाइते

मकवानपुर, फागुन १० : पूर्वपश्चिम राजमार्गअन्तर्गत मकवानपुरको मनहरीमा बस दुर्घटना हुदाँ २२ जना यात्रु घाइते भएका छन्।

मनहरी गाउँपालिका-७ बिजौनास्थित सडकमा आइतबार बिहान वीरगन्जबाट चितवनतर्फ जाँदै गरेको बाप्र ०६-००१ख ००५४ नम्बरको यात्रुवाहक बस दुर्घटना भएका हो।

मकवानपुर जिल्ला प्रहरी कार्यालयका अनुशार बस अनियन्त्रित भएर सडकको बायाँ साइडको विद्युत पोलमा ठोक्किँँदा बसमा सवार २२ जना यात्रु घाइते भएका हुन्। सबै घाइतेलाई उपचारका लागि चितवन अस्पताल पठाइएको कार्यालयले जनाएको छ।

प्रकाशित मिति: ११:४७ बजे, आइतबार, फागुन १०, २०८२
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्