Kathmandu Press

डिल्लीबजार कारागारमा कैदीबीच झडप

काठमाडौं, जेठ ११ : काठमाडौँको डिल्लीबजार कारागारमा कैदबिन्दीबीच झडप भएको छ।

आज बिहान चौकीदार राख्ने विषयमा विवाद भएको जनाएको छ। विवाद बढ्दै ....

डिल्लीबजार कारागारमा कैदीबीच झडप

काठमाडौं, जेठ ११ : काठमाडौँको डिल्लीबजार कारागारमा कैदबिन्दीबीच झडप भएको छ।

आज बिहान चौकीदार राख्ने विषयमा विवाद भएको जनाएको छ। विवाद बढ्दै जाँदा झडप भएको कारागार व्यवस्थापन विभागका महानिर्देशक प्रदीपराज कँडेलले बताए।  

प्रहरीका अनुसार कैदीबन्दीले कारागारभित्रै नाराबाजीसमेत गरेका थिए। कारागार कार्यालयमा भित्रबाट ताला लगाएर प्रदर्शन गरिएको जनाइएको छ।

महानगरीय प्रहरी कार्यालय काठमाडौँका प्रमुख विश्वराज पोखरेलले चौकीदार राख्ने विषयमा विवाद हुँदा कारागारमा भित्रबाट ताला लगाएर प्रदर्शन भएको बताए।

उनले भने, 'अहिले प्रहरी परिचालन गरेर स्थिति नियन्त्रणमा लिइसकिएको छ।' उनले थप अनुसन्धान भइरहेको बताए।

 

प्रकाशित मिति: ०९:५६ बजे, आइतबार, जेठ ११, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्