Kathmandu Press

कांग्रेस इतिहासमा मात्र अड्किएको दल नभई समयअनुसार बदलिँदै आएका छ : उपसभापति शर्मा

उनले कांग्रेसले चुनाव कयौं पटक जित्नु वा हार्नु अनौठो कुरा नभएको भन्दै प्रश्न आजको पद्धतिले हार्ने कि जित्ने भन्ने रहेको बताए।
कांग्रेस इतिहासमा मात्र अड्किएको दल नभई समयअनुसार बदलिँदै आएका छ : उपसभापति शर्मा

धनुषा, फागुन ६ : नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले कांग्रेस पुरानो इतिहासमा मात्र अड्किएको दल नभई समयअनुसार बदलिँदै आएको बताएका छन्।

बुधबार नेपाली कांग्रेसले जनकपुरको तिरहुतिया गाछीमा आयोजना गरेको प्रतिज्ञा सभालाई सम्बोधन गर्दै उनले अहिले बद्लिएर कोही आएको छ भने कांग्रेस विशेष महाधिवेशनबाट बदलिएर आएको बताए।

Hardik ivf

‘हामी गर्व गर्छै पुरानो कांग्रेसले गरेको विषय कामहरुलाई तर समयले माग्यो कांग्रेस तिमि बदलिएर आऊ, राजनीतिक दलहरु बदलिएर आऊ त्यसैले तपाई साथिहरुले मतदाताहरुले पुरानो भन्दै गर्दा गर्व गर्ने कांग्रेस छ भन्ने बुझ्नु भएको छ अनि अहिले बद्लिएर कोही आएको छ भने कांग्रेस विशेष महाधिवेशनबाट बदलिएर आएको छ। यो समयमा प्रश्न कसले जित्ने भन्ने हैन मुलुक कसले सम्हाल्ने हो। यो देश सम्हाल्ने मुख्य कुरा हो,’ उनले भने।

उनले कांग्रेसले चुनाव कयौं पटक जित्नु वा हार्नु अनौठो कुरा नभएको भन्दै प्रश्न आजको पद्धतिले हार्ने कि जित्ने भन्ने रहेको बताए।

‘चुनाव त कांग्रेसले कयौं पटक जित्यो, हाम्रो लागि जित अनौठो कुरा हैन। चुनाव नेपाली कांग्रेसले जिन्दगीमा कयौं पटक हार्यो, कांग्रेसको हार पनि हाम्रो लागि नौलो कुरा हैन तर प्रश्न आजको पद्धतिले हार्ने कि जित्ने भन्ने छ, प्रश्न समाजको सद्भाव कसले गास्न सक्छ भन्ने छ,’ उनले भने।

प्रकाशित मिति: १८:०७ बजे, बुधबार, फागुन ६, २०८२
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्