Kathmandu Press

राइजिङ स्टार्स क्रिकेट प्रतियोगितामा सहभागी भएर राष्ट्रिय महिला टोली स्वदेश फिर्ता

‘यो प्रतियोगिता हाम्रो लागि सिक्ने मौका थियो । अझ हामी कसरी अगाडि बढ्न सक्छौं भन्ने । हामीले आफ्नो तर्फबाट बेष्ट दिने प्रयास गरेका थियौं’ उनले भनिन्।
राइजिङ स्टार्स क्रिकेट प्रतियोगितामा सहभागी भएर राष्ट्रिय महिला टोली स्वदेश फिर्ता

काठमाडौं, फागुन ६ : थाइल्याण्डमा जारी महिला एसिया कप राइजिङ स्टार्स क्रिकेट प्रतियोगितामा सहभागी भएर राष्ट्रिय महिला क्रिकेट टोली स्वदेश फिर्ता भएको छ।

राष्ट्रिय महिला क्रिकेट टोली बुधबार स्वदेश फर्किएको हो। नेपाल प्रतियोगितामा लगातार तेश्रो हार व्यहोर्दै प्रतियोगिताबाट बाहिरिएको थियो।

नेपाल पहिलो खेलमा पाकिस्तान ‘ए’ तथा दोस्रो खेलमा यूएईसँग र तेश्रो खेलमा भारत ‘ए’ संग पराजित भएको थियो 

स्वदेश फर्किएपछि सञ्चारकर्मीहरुसँगको कुराकानीमा कप्तान पूजा महतोले प्रतियोगिताबाट आफूहरुले राम्रो अनुभव बटुल्न सफल भएको बताइन्।

‘यो प्रतियोगिता हाम्रो लागि सिक्ने मौका थियो । अझ हामी कसरी अगाडि बढ्न सक्छौं भन्ने । हामीले आफ्नो तर्फबाट बेष्ट दिने प्रयास गरेका थियौं’ उनले भनिन्।

उनले पाकिस्तान,भारत जस्ता ठूला टिमसँग प्रतिस्पर्धा गर्नु नै नेपालको लागि ठूलो अवसर भएको भन्दै खेलमा नेपालले सुधार गरेको प्रतिक्रिया आएको जानकारी गराइन्।

प्रकाशित मिति: १६:०८ बजे, बुधबार, फागुन ६, २०८२
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्