बुटवल अस्पतालबाट १० जना कोरोना संक्रमित निको भएर फर्किए
काठमाडौं, जेठ ११ : बुटवलको कोरोना विशेष अस्पतालमा उपचार गराएका दश कोरोना संक्रमित निको भएर घर फर्किएका छन् ।
दुई हप्ता अगाडि कोरोना सं....

काठमाडौं, जेठ ११ : बुटवलको कोरोना विशेष अस्पतालमा उपचार गराएका दश कोरोना संक्रमित निको भएर घर फर्किएका छन् ।
दुई हप्ता अगाडि कोरोना संक्रमण भएर अस्पतालको आइसोलेशनमा भर्ना भएका कपिलवस्तुका युवाहरु निको भएर घर फर्किएको बुुटवल धागो कारखानास्थित कोरोना विशेष अस्पतालका फोकल पर्सन तथा वरिष्ठ कन्सलटेन्ट डा सुुदर्शन थापाले जानकारी दिए ।
“उहाँहरुमा आत्मबल बलियो भएका कारण उपचारमा सहज भयो ”, थापाले भने। निको हुने व्यक्ति १६ देखि ४० वर्ष उमेर समूहका छन् । भारतबाट लुुकिछिपी आएका युवामा संक्रमण देखिएको थियो । संक्रमितको लगातार दुुई कोरोना रिपोर्ट नेगेटिभ आएपछि डिस्चार्ज गरिएको अस्पतालले जनाएको छ । “कोरोनाबाट डराउनुपर्दैन ।
मनोबल उच्च राखे छिट्टै निको हुन्छ”, डा थापाले भने, यसबाट बच्न घरमै रहनु नै उत्तम हुन्छ ।” यसैबीच, प्रदेश नं ५ का मुख्यमन्त्री शंकर पोखरेलले बुटवलको प्रदेशस्तरीय कोराना विशेष अस्पतालबाट कोरोना भाइरस जितेर बिदा हुनुभएका युवालाई बधाई दिइका छन् ।











