Kathmandu Press

सरकारले सच्चायो इदको सार्वजनिक बिदा 

काठमाडौँ, जेठ ११ : सरकारले इद उल फित्रका अवसरमा आज (आइतबार) दिने भनेको सार्वजनिक बिदा भोलि १२ गते सोमबार कायम गर्ने निर्णय गरेको छ ।

शुक्रवा....

सरकारले सच्चायो इदको सार्वजनिक बिदा 

काठमाडौँ, जेठ ११ : सरकारले इद उल फित्रका अवसरमा आज (आइतबार) दिने भनेको सार्वजनिक बिदा भोलि १२ गते सोमबार कायम गर्ने निर्णय गरेको छ ।

शुक्रवारको मन्त्रिपरिषद्को निर्णयअनुसार मुस्लिम समुदायको पर्व इद उल फित्रको अवसरमा आइतबार बिदा दिने भनिएकोमा नेपाल र दक्षिण एसियाभरबाट शनिवार चन्द्रमा नदेखिएकोले उक्त पर्व १२ गते मनाउने निर्णय भएको भन्दै मुस्लिम आयोगले अनुरोध गरेपछि आइतबारको सट्टा सोमबार बिदा कायम गरिएको गृह मन्त्रालयले जनाएको छ ।

प्रकाशित मिति: ०७:०४ बजे, आइतबार, जेठ ११, २०७७
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्