Kathmandu Press

निर्वाचन विथोल्न सक्ने गतिविधि गर्ने आशंकामा प्रसाईं पक्राउ

प्रहरीले प्रसाईंलाई भक्तपुरस्थित निवासबाट सोमबार साँझ पक्राउमा गरेर भद्रकालीस्थित परिसरमा लगिएको हो ।
निर्वाचन विथोल्न सक्ने गतिविधि गर्ने आशंकामा प्रसाईं पक्राउ
Hardik ivf

काठमाडौं, फागुन ६ : राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियानका संयोजक तथा मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई सोमबार साँझ प्रहरीले पक्राउ गरेको छ ।

प्रहरीले प्रसाईंलाई भक्तपुरस्थित निवासबाट सोमबार साँझ पक्राउमा गरेर भद्रकालीस्थित परिसरमा लगिएको हो । आगामी फागुन २१ गते हुने निर्वाचन विथोल्न सक्ने गतिविधि गर्ने आशंकामा प्रसाईंमाथि निगरानी बढाइएको थियो । 

सोही आशंकाको आधारमा उनलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । यसअघि माघ २३ गते पनि पक्राउ परेका प्रसाईं हाजिर जमानीमा रिहा भएका थिए ।

प्रकाशित मिति: ०८:५४ बजे, मंगलबार, फागुन ५, २०८२
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्