Kathmandu Press

‘नेपालको आगामी दशक’ विषयक प्यानल छलफल सम्पन्न 

नेपाल सरकारकि महान्यायाधिवक्ता सबिता भण्डारी, आइएमई खल्तीका सह-संस्थापक एवं निर्देशक अमित अग्रवाल,  आर्थिक विश्लेषक मुरहरि पराजुली र  सुचना प्रविधि विशेषज्ञ डा. अर्जुन सिंह साउद वक्ता रहेको प्यानल छलफलको सहजकर्ता नविन गिरीले गरेका थिए।   
‘नेपालको आगामी दशक’ विषयक प्यानल छलफल सम्पन्न 

काठमाडौँ , फागुन ४ :  स्टुडेन्ट्स फर लिबर्टी, नेपालको आयोजनामा जेभियर इन्टरनेशनल कलेज, कालोपुलमा  ‘नेपालको आगामी दशक’ विषयक प्यानल छलफल सम्पन्न भएको छ। 

नेपाल सरकारकि महान्यायाधिवक्ता सबिता भण्डारी, आइएमई खल्तीका सह-संस्थापक एवं निर्देशक अमित अग्रवाल,  आर्थिक विश्लेषक मुरहरि पराजुली र  सुचना प्रविधि विशेषज्ञ डा. अर्जुन सिंह साउद वक्ता रहेको प्यानल छलफलको सहजकर्ता नविन गिरीले गरेका थिए।   

Hardik ivf

कार्यक्रममा महान्यायाधिवक्ता सबिता भण्डारीले सुशासन र संविधानको संरक्षण राज्यको प्रमुख दायित्व भएको बताइन्। आफूमाथि लागेको आरोप कानुनी प्रक्रियामा रहेकाले विस्तृत टिप्पणी गर्न नमिल्ने स्पष्ट पार्दै उनले कानूनअनुसार नै काम भइरहेको दाबी गरिन्।

आइएमई खल्तीका सह-संस्थापक एवं निर्देशक अमित अग्रवालले नेपालमा करिब दुई खर्ब बराबरको आईटी निर्यात सम्भावना रहेको उल्लेख गर्दै डिजिटल युगमा युवाहरूले अवसर पहिचान गरी उद्यमशीलतामा लाग्नुपर्ने बताए। उनले डिजिटल प्लेटफर्मविरुद्ध हुने कडा नियमनले स्टार्टअप र एआई क्षेत्रमा नकारात्मक असर पार्न सक्ने चेतावनी दिए।

आर्थिक विश्लेषक मुरहरि पराजुलीले राजनीतिक परिवर्तन भए पनि अपेक्षित आर्थिक रूपान्तरण हुन नसकेको टिप्पणी गर्दै खुला बजार र व्यापार स्वतन्त्रताको आवश्यकता औँल्याए। 

डा. अर्जुन सिंह साउदले डिजिटल सीप र प्राविधिक दक्षतामा लगानी बढाउनुपर्नेमा जोड दिए। कार्यक्रमले आगामी दशकलाई आर्थिक रूपान्तरण, डिजिटल नवप्रवर्तन र मानव पूँजी विकासको दशकका रूपमा अघि बढाउनुपर्ने सन्देश दिएको आयोजकले जनाएको छ।

प्रकाशित मिति: १४:२५ बजे, सोमबार, फागुन ४, २०८२
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्