Kathmandu Press

नवोदित कलेजमा साईन्स एण्ड रोवोटिक्स प्रदर्शनी हुने 

कलेजले विद्यार्थीहरुलाई नयाँ प्रविधिबारे विद्यार्थीहरुलाई अभ्यस्त बनाउनका लागि फागुन ६ गते कलेजमा प्रदर्शनीको आयोजना गरिएको कलेजका प्राचार्य राजेन्द्र अधिकारीले जानकारी गराए । 
नवोदित कलेजमा साईन्स एण्ड रोवोटिक्स प्रदर्शनी हुने 

काठमाडौं, फागुन ४ : काठमाडौको सामाखुशीमा रहेको नबोदित कलेजले साईन्स एण्ड रोवोटिक्स’ प्रदर्शनी गर्ने भएको छ ।

कलेजले विद्यार्थीहरुलाई नयाँ प्रविधिबारे विद्यार्थीहरुलाई अभ्यस्त बनाउनका लागि फागुन ६ गते कलेजमा प्रदर्शनीको आयोजना गरिएको कलेजका प्राचार्य राजेन्द्र अधिकारीले जानकारी गराए । 

Hardik ivf

आजको प्रतिस्पर्धात्मक शिक्षामा विद्यार्थीहरुलाई सैद्धान्तिक ज्ञानले मात्र नपुग्ने ज्ञानलाई सीपसँग जोड्न नसकेसम्म मुलुकको विकास सम्भव नभएकोले विद्यार्थीलाई प्रविधि र सीपसँग जोड्न यस्ता प्रदर्शनीले क्यारिअरमा सहयोग पुर्‍याउने अधिकारीले बताए । 

उक्त प्रदर्शनीमा फुड कोर्ट, हेल्थ डेक्स र विभिन्न सांस्कृतीक कार्यक्रमहरुको प्रस्तुती रहनेछ । प्रदर्शनीमा प्रविधिको विकासबारे विद्यार्थीबाट निर्माण गरिएका नयाँ प्रविधिसँग सम्बन्धित विभिन्न प्रकारका ३५ बढी स्टलहरु राखिने छन् । 

प्रकाशित मिति: १३:४९ बजे, सोमबार, फागुन ४, २०८२
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्