Kathmandu Press

चीनमा कोरोना भाइरसको संक्रमण दर शून्य

काठमाडौं, जेठ ११ :चीनमा कोरोना भाइरस महामारी फैलिन शुरु भएयता पहिलो पटक संक्रमण दर शून्यमा झरेको छ ।

चीनमा पछिल्लो २४ घण्टामा नयाँ सङ्क्रमण नदेखिएपछि संक्रमण....

चीनमा कोरोना भाइरसको संक्रमण दर शून्य

काठमाडौं, जेठ ११ :चीनमा कोरोना भाइरस महामारी फैलिन शुरु भएयता पहिलो पटक संक्रमण दर शून्यमा झरेको छ ।

चीनमा पछिल्लो २४ घण्टामा नयाँ सङ्क्रमण नदेखिएपछि संक्रमण दर शून्यमा झरेको दाबी गरिएको हो । चीनमा आहिले एक जना पनि कोरोनाभाइरसबाट सङ्क्रमित नभेटिएको अधिकारीहरुले जनाएका हुन् ।

दुई जना भने शंकास्पद देखिएका छन् । चीनको राष्ट्रिय स्वास्थ्य आयोगले नयाँ विरामी नभेटिए पनि अहिले ७९ जना सङ्क्रमितको उपचार भइरहेको जनाएको छ । चीनमा अहिलेसम्म ८२ हजार ९७१ जना सङ्क्रमित भएका छन् भने ४ हजार ६३४ जनाको कोरोनाभाइरसका कारण मृत्यु भएको छ ।

गएको वर्षको अन्त्यतिर चीनको वुहान शहरबाट नै सङ्क्रमण सुरु भएको थियो र त्यसको केही महिनामा नै पूरै विश्व महामारीको चपेटामा परेको छ ।

प्रकाशित मिति: ०६:५२ बजे, आइतबार, जेठ ११, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्