Kathmandu Press

जेनजी सरकारका पूर्वमन्त्री खरेलको दाबी :- रास्वपाको एकलौटी सरकार बन्छ, १५१ सिट जित्छौं 

सोमबार ललितपुरमा आयोजना गरिएको घरदैलो कार्यक्रममा बोल्दै खरेलले यसपटक निर्वाचनमा भाग लिने घोषणा गर्दा रास्वपाले १५१ सिटको लक्ष्य राखेको बताए ।
जेनजी सरकारका पूर्वमन्त्री खरेलको दाबी :- रास्वपाको एकलौटी सरकार बन्छ, १५१ सिट जित्छौं 

काठमाडौं, फागुन ४ : राष्टिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार जगदीश खरेलले फागुन २१ गतेको चुनावपछि रास्वपाको एकलौटी सरकार बन्ने दाबी गरेका छन् ।

सोमबार ललितपुरमा आयोजना गरिएको घरदैलो कार्यक्रममा बोल्दै खरेलले यसपटक निर्वाचनमा भाग लिने घोषणा गर्दा रास्वपाले १५१ सिटको लक्ष्य राखेको बताए ।

Hardik ivf

‘यसपटक निर्वाचनमा भाग लिने घोषणा गर्दा हामीले १५१ सिटको लक्ष्य राखेका छौं । यसपटक रास्वपाको एकलौटी सरकार बन्दैछ,’ उनले भने । उनले फागुन २१ गतेको चुनावले सरकार, संसद मात्र बनाउने नभइ नेपालको भाग्य र भविष्यको समेत परिवर्तन गर्ने आधारशिला तयार पारेको बताए । खरेलले ललितपुरका तीनवटै क्षेत्रमा रास्वपाले जित्ते दाबी समेत गरे ।

उक्त क्रममा उनले ललितपुरको सम्पदा आफ्नो जीवन भन्दा पनि प्यारो भएकाले सम्पदाको संरक्षण गर्नु पहिले दायित्व भएको बताए । यस्तै ललितपुर महागरपालिकाको रास्वपाका सभापति ललित महर्जनले पनि रास्वपाले अत्याधिक बहुमतले चुनाव जित्ने दाबी गरे । उनले घरदैलो कार्यक्रममा मतदाताले नै चुनावी माहोललाई साथ दिएको बताए ।

प्रकाशित मिति: १३:४१ बजे, सोमबार, फागुन ४, २०८२
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्