Kathmandu Press

सेतोपाटी अनलाइनलाई कारवाही गर्न पत्राचार

‘सेतोपाटी’ ले प्रकाशन गरेको चितवन ३ मा ‘सोविता गौतमले जित्नेछिन् निर्वाचन ? रेणु दाहाल दोस्रो’ र ‘भोट रास्वपालाई दिने हो, तर निकुञ्ज छेउका बस्तीबारे बालेनको तर्क गलत छ ’ शीर्षकको समाचारप्रति आयोगले आपत्ति जनाएको छ ।
सेतोपाटी अनलाइनलाई कारवाही गर्न पत्राचार

काठमाडौं, फागुन ४ : निर्वाचन आचारसंहिता विपरीत समाचार प्रकाश गरेको भन्दै ‘सेतोपाटी अनलाइन’ लाई कारवाहीको माग गरिएको छ । निर्वाचन आयोगले सेतोपाटीलाई कारबाही गर्नको लागि प्रेस काउन्सिललाई पत्राचार गरेको हो ।

‘सेतोपाटी’ ले प्रकाशन गरेको चितवन ३ मा ‘सोविता गौतमले जित्नेछिन् निर्वाचन ? रेणु दाहाल दोस्रो’ र ‘भोट रास्वपालाई दिने हो, तर निकुञ्ज छेउका बस्तीबारे बालेनको तर्क गलत छ ’ शीर्षकको समाचारप्रति आयोगले आपत्ति जनाएको छ ।

Hardik ivf

आयोगले गरेको पत्राचारमा भनिएको छ,‘सेतोपाटी अनलाइनले मिति २०८२/११/०३ मा चितवन–३ मा सोविता गौतमले जित्नेछिन् निर्वाचनः रेणु दाहाल दोस्रो र मिति २०८२/११/०४ मा भोट रास्वपालाई दिने हो, तर निकुञ्ज छेउका बस्तीबारे बालेनको तर्क गलत छ शिर्षकमा समाचार प्रकाशन गरेको सम्बन्धमा आयोगको गम्भिर ध्यानाकर्षण भएको छ । 

उल्लिखित सन्दर्भमा ऐ। अनलाईनबाट गरिएको कार्य निर्वाचन आचारसंहिता, २०८२ को दफा ४ को खण्ड (त) मा रहेको उम्मेदवारको मनोनयन दर्ता भएको मितिदेखि मतदान सम्पन्न नभएसम्म उम्मेदवार वा राजनीतिक दलको मतपरिणामको सम्बन्धमा मत सर्वेक्षण गर्न वा त्यस्तो सर्वेक्षणको परिणाम घोषणा गर्न वा प्रकाशन गर्न नहुने र ऐ। आचारसंहिताको दफा २५ को उपदफा (१) को खण्ड (ख) मा रहेको कसैको पक्ष वा विपक्षमा समाचार प्रकाशन वा प्रसारण गर्न नहुने व्यवस्थाको प्रतिकूल रहेको देखिँदा सोउपर आवश्यक कारवाही हुन निर्णयानुसार अनुरोध छ ।’

प्रकाशित मिति: १३:३७ बजे, सोमबार, फागुन ४, २०८२
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्