Kathmandu Press

ओबामाद्वारा ट्रम्प प्रशासनको कार्यशैलीलाई ‘क्लाउन शो’ को संज्ञा

ब्रायन टाइलर कोहेनको ‘नो लाइ’ पोडकास्टमा शनिबार कुरा गर्दै ओबामाले राष्ट्रपति ट्रम्पको ’टुथ सोसल’ अकाउन्टमा हालै पोष्ट गरिएको एक विवादास्पद भिडियोप्रति कडा आपत्ति जनाएका हुन् । उक्त भिडियोमा पूर्व राष्ट्रपति ओबामा र पूर्व प्रथम महिला मिसेल ओबामालाई बाँदरको रूपमा चित्रण गरिएको थियो ।
ओबामाद्वारा ट्रम्प प्रशासनको कार्यशैलीलाई ‘क्लाउन शो’ को संज्ञा

काठमाडौं, फागुन ४ : पूर्व अमेरिकी राष्ट्रपति बाराक ओबामाले दोस्रो कार्यकालको ट्रम्प प्रशासन अन्तर्गतको अमेरिकी राजनीतिलाई ’क्लाउन शो’ (तमासा) को संज्ञा दिएका छन् । एक अन्तर्वार्ताका क्रममा ओबामाले ह्वाइट हाउसबाट भइरहेका पछिल्ला अभिव्यक्तिहरूले बहुसंख्यक अमेरिकीहरूलाई चिन्तित बनाएको बताएछन् ।

ब्रायन टाइलर कोहेनको ‘नो लाइ’ पोडकास्टमा शनिबार कुरा गर्दै ओबामाले राष्ट्रपति ट्रम्पको ’टुथ सोसल’ अकाउन्टमा हालै पोष्ट गरिएको एक विवादास्पद भिडियोप्रति कडा आपत्ति जनाएका हुन् । उक्त भिडियोमा पूर्व राष्ट्रपति ओबामा र पूर्व प्रथम महिला मिसेल ओबामालाई बाँदरको रूपमा चित्रण गरिएको थियो ।

Hardik ivf

दुवै पक्षका राजनीतिक दलहरूबाट त्यसको व्यापक आलोचना भएतापनि ट्रम्पले उक्त भिडियोका लागि माफी माग्न अस्वीकार गरेका छन् । ह्वाइट हाउसले भने उक्त सामग्री कर्मचारीको ‘त्रुटिपूर्ण’ कार्यका कारण पोष्ट भएको दाबी गर्दै केही समयपछि हटाएको थियो । “मलाई लाग्छ कि बहुसंख्यक अमेरिकी जनताले यस्तो व्यवहारलाई गहिरो रूपमा विचलित पार्ने खालको ठानेका छन् भन्ने कुरा चिन्नु महत्त्वपूर्ण छ,‘ओबामाले भने ।

अन्तर्वार्ताकार कोहेनले राजनीतिक संवादमा आएको ह्रास र मिनियापोलिसमा अध्यागमन प्रवर्तनका क्रममा मारिएका दुई अमेरिकी नागरिकलाई प्रशासनले ‘घरेलु आतंकवादी’ भनी गरेको टिप्पणीप्रति चिन्ता व्यक्त गरेका थिए । यसको जवाफमा ओबामाले यस्ता भाषाहरू केवल ‘ध्यान भड्काउन’ प्रयोग गरिएको र अधिकांश नागरिकहरू अझै पनि शालीनता, शिष्टता र दयामा विश्वास गर्ने बताए ।

“अहिले सामाजिक सञ्जाल र टेलिभिजनमा एक प्रकारको तमासा चलिरहेको छ,“ उनले भने । “पहिले पदको मर्यादा र सम्मान हुनुपर्छ भन्ने ठान्ने मानिसहरूमा अहिले कुनै लज्जाबोध देखिएको छैन । त्यो मर्यादा अहिले हराएको छ ।“ ओबामाले रिपब्लिकन पार्टीले कांग्रेसमा नियन्त्रण जमाएदेखि ‘वान बिग, ब्युटिफुल बिल’ बाहेक अरू केही पनि संस्थागत गर्न नसकेको टिप्पणी गरे । “उनीहरूले अध्यागमन एजेन्डामा ठूलो रकम खन्याएका छन् । धनी मानिसहरूको कर कटौती गरेका छन् र अहिले स्थापित नियम, मान्यता र कानुनहरूलाई उल्ट्याउन खोज्दैछन् । यो सजिलो काम हो,“ उनले भने ।

आफ्नो कार्यकालको स्मरण गर्दै ओबामाले थपे, “जब म राष्ट्रपति थिएँ, मैले पनि मलाई भोट नदिने राज्यहरूको कोष रोक्ने वा त्यहाँका गभर्नरहरूलाई धम्क्याउन सेना पठाउने एकपक्षीय आदेश दिन सक्थें । तर, त्यो हाम्रो लोकतन्त्रले काम गर्ने तरिका विपरीत हुन्छ । हाम्रो काम अलि कठिन छ भन्दैमा हामी निरुत्साहित हुनु हुँदैन ।“ एएनआई

प्रकाशित मिति: ११:४७ बजे, सोमबार, फागुन ४, २०८२
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्