Kathmandu Press

आज मौसम सामान्यतया सफा रहने

हाल गण्डकी प्रदेशमा साधरणतया बादल लागेको छ भने देशको पहाडी र हिमाली भू–भागमा आंशिक बादल र बाँकी भू–भागमा मौसम मुख्यतया सफा रहेको छ ।
आज मौसम सामान्यतया सफा रहने
Hardik ivf

काठमाडौं, फागुन ४ : हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । हाल गण्डकी प्रदेशमा साधरणतया बादल लागेको छ भने देशको पहाडी र हिमाली भू–भागमा आंशिक बादल र बाँकी भू–भागमा मौसम मुख्यतया सफा रहेको छ ।

जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार सोमबार बिहान तराई भू–भागका केही स्थानहरूमा मध्यान्न सम्म हुस्सु÷कुहिरो रहनेछ । कोशी, बागमती र गण्डकी प्रदेशको पहाडी र हिमाली भू–भागमा आंशिक बादल लाग्नेछ र बाँकी भू–भागमा मौसम मुख्यतया सफा रहनेछ ।

राति तराई भू–भागका थोरै स्थानहरूमा तुँवालो रहने महाशाखाले जनाएको छ । कोशी र गण्डकी प्रदेशको पहाडी र हिमाली भू–भागमा आंशिक बादल लाग्ने र बाँकी भू–भागमा मौसम मुख्यतया सफा रहने महाशाखाले जनाएको छ । 

प्रकाशित मिति: ०८:१० बजे, सोमबार, फागुन ४, २०८२
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्