Kathmandu Press

युवा र स्वयंसेवा सम्बन्धी जर्नलको विमोचन 

काठमाडौं, जेठ १० : सामाजिक जीवनका विभिन्न क्षेत्रमा युवा स्वयंकसेवकको भूमिकाकाबारेमा अनुसन्धानमा आधारित लेखहरु समेटिएको नेपाल युथ जर्नलको शनिबार वेबिन....

युवा र स्वयंसेवा सम्बन्धी जर्नलको विमोचन 

काठमाडौं, जेठ १० : सामाजिक जीवनका विभिन्न क्षेत्रमा युवा स्वयंकसेवकको भूमिकाकाबारेमा अनुसन्धानमा आधारित लेखहरु समेटिएको नेपाल युथ जर्नलको शनिबार वेबिनार मार्फत विमोचन गरिएको छ । 

युथ एड्भोकेसी नेपाल (यान) ले बार्षिक रुपमा प्रकाशित गर्ने जर्नल यसवर्ष युवा र स्वयंसेवा विषयमा केन्द्रित गरिएको हो । वरिष्ठ साहित्यकार एवं प्राध्यापक अभि सुवेदीले विमोचन गरेका जर्नलमा वातावरण, पर्यटन, कृषि, दुव्र्यसनबाट मुक्ति, राजनीतिलगायतका क्षेत्रमा युवाहरुले गर्न सक्ने स्वयंसेवाका बारेमा १८ लेखकका अनुसन्धानमा आधारित लेख प्रकाशित छन् ।

जर्नलमा समावेश भएका लेखका सान्दर्भिकताका बारेमा सुवेदी लगायत शिक्षाविद प्राध्यापक विद्यानाथ कोइराला, विश्लेषक डा. उद्धव प्याकुरेल, शिखा श्रेष्ठ लगायतले विचार व्यक्त गरेका थिए ।  यानका अध्यक्ष नरेन्द्र खतिवडा, जर्नलका सम्पादक मण्डलका सदस्य र जर्नलमा प्रकाशित लेखका लेखकहरुले समेत आफ्ना अनुभवहरु बाँडेका थिए । 

जर्नल विमोचन गर्दै साहित्यकार सुवेदीले युवाहरुलाई स्वयंसेवामा प्रेरित गर्ने उद्देष्यले र स्तरीय मानकहरुमा आधारित भएर लेखिएका आर्टिकल सहितको जर्नल प्रकाशित हुनु गर्वको विषय भएको बताए । प्राध्यापक कोइरालाले स्वयंसेवाको चर्चा गर्दा पश्चिमा विद्वान र अभ्यासलाई मात्र हेर्नु भन्दा परम्परादेखि चलिआएका असल अभ्यासमा पनि जोड दिनुपर्ने बताए । 

कार्यक्रममा आफनो विचार राख्दै राजनीतिक समाजशास्त्री डा. प्याकुरेलले प्राज्ञिक कर्ममा संलग्नहरु नै स्तरीय आर्टिकल लेख्न भन्दा पैसामुखी कन्सल्ट्यान्सीमा लागिरहेको सन्दर्भमा मेहनतपूर्वक आर्टिकल लेखेर जर्नल प्रकाशित गर्न सकेकोमा सह्राना व्यक्त गरेका थिए । जर्नलका प्रधानसम्पादक डा. तारालाल श्रेष्ठले सञ्चालन गरेका  कार्यक्रममा सम्पादक मण्डलका सदस्यहरु शिवप्रसाद तिवारी, लेखनाथ पाण्डे र प्रविण श्रेष्ठले जर्नल प्रकाशनका अनुभव बाँडेका थिए । 
 

प्रकाशित मिति: २१:१४ बजे, शनिबार, जेठ १०, २०७७
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्