यो चुनाव सामान्य होइन, देशको दिशा तय आधार हो : नारायणकाजी श्रेष्ठ
‘यो चुनावमा केवल भोट हालेर मात्र पुग्दैन, हाम्रो एक–एक मतले नेपालको भविष्य बनाउने वा बिगार्ने क्षमता राख्छ,’ उनले भने.
सर्लाही, फागुन ३ : नेपाली कम्युनिस्ट पार्टीका वरिष्ठ नेता तथा पूर्वउपप्रधानमन्त्री नारायणकाजी श्रेष्ठले आगामी निर्वाचनलाई सामान्य आवधिक चुनावका रूपमा नलिन आग्रह गरेका छन्।
सर्लाही–३ क्षेत्रमा आयोजित चुनावी भेटघाट तथा सम्बोधन कार्यक्रममा श्रेष्ठले मतदातालाई अपिल गर्दै यो चुनावले देशको भविष्य र दिशालाई निर्णायक रूपमा निर्धारण गर्ने बताएका हुन्।
‘यो चुनावमा केवल भोट हालेर मात्र पुग्दैन, हाम्रो एक–एक मतले नेपालको भविष्य बनाउने वा बिगार्ने क्षमता राख्छ,’ उनले भने.
श्रेष्ठले पार्टीले निरंकुश शासन अन्त्य गर्दै लोकतान्त्रिक गणतन्त्र स्थापना गर्न निर्णायक भूमिका खेलेको उल्लेख गरे। उनले दलित, जनजाति, महिला, मधेसी, मुस्लिम, किसान–मजदुर तथा पिछडिएका क्षेत्रका समुदायको अधिकार सुनिश्चित गर्न संविधानमार्फत समावेशीकरण र समानताको आधार निर्माण गरिएको दाबी गरे।
उनले संघीयता आएपछि केन्द्रमा मात्र सीमित सरकार अब प्रदेश, स्थानीय तह र वडा तहसम्म विस्तार भएको भन्दै जनताका सेवा–सुविधा आफ्नै ठाउँबाट पाउन सकिने व्यवस्था स्थापित भएको बताए।
भ्रष्टाचार नियन्त्रण र सुशासनबारे बोल्दै श्रेष्ठले भुटानी शरणार्थी प्रकरण, ललिता निवास प्रकरण, सुन तस्करी लगायतका मुद्दामा कारबाही अघि बढाइएको बताए।
मिटरब्याज पीडितको समस्यालाई गम्भीर सामाजिक मुद्दा भन्दै श्रेष्ठले पीडितलाई न्याय दिलाउन आयोग गठन, कानुनी प्रक्रिया र प्रशासनिक पहल गरिएको उल्लेख गरे।









![यसरी हुँदै छ नयाँ सांसदहरुको पहिलो बैठकका लागि अस्थायी बैठक कक्षको तयारी [फोटो फिचर]](https://kathmandupress.com/uploads/posts/550X700/photo-45_5503a18f-1773839671.png)
![टुँडिखेलमा घोडेजात्राकाे राैनक [तस्बिरहरू]](https://kathmandupress.com/uploads/posts/550X700/photo-3_9ac6e447-1773838191.jpg)

