चुनावी माहोल अझै बनिसकेको छैन : अध्यक्ष ओली
‘चुनावको वातावरणबारे सरकारले जान्ने कुरा हो। हामीले हेर्दा माहोल अझै बनेको जस्तो देखिँदैन,’ उनले भने, ‘चुनाव हुने भयो भने हामी भाग लिन्छौं । चुनावको वातावरण यसै भन्न सकिन्न अझै पनि ।’
झापा, फागुन १ : नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले फागुन २१ गतेका लागि निर्धारण गरिएको चुनावको माहोल अझै बनिनसकेको प्रतिक्रिया दिएका छन्।
आइतबार भरतपुर विमानस्थलमा संचारकर्मीसँगको कुराकानीमा अध्यक्ष ओलीले चुनावी वातावरणबारे सरकारले अझै धेरै कुरा थाहा पउन बाँकी रहेकोले चुनावी माहोलबारे यसै भन्न सकिने अवस्था नरहेको दाबी गरेका हुन्।
‘चुनावको वातावरणबारे सरकारले जान्ने कुरा हो। हामीले हेर्दा माहोल अझै बनेको जस्तो देखिँदैन,’ उनले भने, ‘चुनाव हुने भयो भने हामी भाग लिन्छौं । चुनावको वातावरण यसै भन्न सकिन्न अझै पनि ।’
अध्यक्ष ओलीले चुनाव भयो भने आफ्नो पार्टी चुनावमा सहभागी हुने बताए।
प्रकाशित मिति: १६:१३ बजे, आइतबार, फागुन ३, २०८२
प्रतिक्रिया दिनुहोस्
थप समाचार

![यसरी हुँदै छ नयाँ सांसदहरुको पहिलो बैठकका लागि अस्थायी बैठक कक्षको तयारी [फोटो फिचर]](https://kathmandupress.com/uploads/posts/550X700/photo-45_5503a18f-1773839671.png)
![टुँडिखेलमा घोडेजात्राकाे राैनक [तस्बिरहरू]](https://kathmandupress.com/uploads/posts/550X700/photo-3_9ac6e447-1773838191.jpg)