Kathmandu Press

नेपाल वेस्टइन्डिजसँग ९ विकेटले पराजित, नेपाल बाहिरियो, वेस्टइन्डिज सुपर ८मा

यसअघि इंग्ल्यान्डसँग ४ र इटालीसँग १० विकेटले पराजित भएको नेपाल प्रतियोगिताबाट बाहिरिएको छ। यता, नेपालविरुद्धको जितसँगै वेस्टइन्डिज भने सुपर ८मा पुगेको छ। उसको लागतार तेस्रो जित हो।
नेपाल वेस्टइन्डिजसँग ९ विकेटले पराजित, नेपाल बाहिरियो, वेस्टइन्डिज सुपर ८मा

काठमाडौं, फागुन ३ : टि–२० विश्वकपमा नेपालले लागतार तेस्रो हार व्यहोरेको छ। आइतबार वानखेडे मैदानमा भएको खेलमा नेपाल वेस्टइन्डिजसँग ९ विकेटले पराजित भएको हो।

यसअघि इंग्ल्यान्डसँग ४ र इटालीसँग १० विकेटले पराजित भएको नेपाल प्रतियोगिताबाट बाहिरिएको छ। यता, नेपालविरुद्धको जितसँगै वेस्टइन्डिज भने सुपर ८मा पुगेको छ। उसको लागतार तेस्रो जित हो।

नेपालले दिएको १३४ रनको सामान्य लक्ष्य वेस्टइन्डिजले १५.२ ओभरमा १ विकेटको क्षतिमा भेट्टायो। उसका लागि कप्तान से होपले ४४ बलमा ४१ रन बनाउँदा सिमरन हेटमायरले ३२ बलमा ४६ रन बनाए। एकमात्र विकेट नन्दन यादवले लिए।

Hardik ivf

त्यसअघि  मुम्बईस्थित वानखेडे मैदानमा टस हारेर पहिले ब्याटिङ गररेको नेपालले दीपेन्द्रसिंह ऐरीको अर्धकतक मद्दतमा ८ विकेटको क्षतिमा १३३ रन बनायो। 

टि–२० विश्वकपमा नेपालका लागि अर्धशतक बनाउने दोस्रो खेलाडी बनेका उनले ४७ बलमा ३ चौका र ३ छक्का प्रहार गर्दै ५८ रन बनाए। 

दीपेन्द्रले समार जोसेफलाई छक्का प्रहार गर्दै ४४ बलमा अर्धशतक बनाए। योसँगै उनी टि–२० विश्वकपमा अर्धशतक बनाउने दोस्रो खेलाडी बनेका छन्। यसअघि सन् २०१४मा सुवास खकुरेल अफगानिस्तानविरुद्ध  अर्धशतक बनाएका थिए।

दीपेन्द्र वानखेडेमा अर्धशतक बनाउने पहिलो खेलाडी पनि बनेका छन्।

दीपेन्द्रबाहेक सोमपाल कामीले १५ बलमा ४ चौका मद्दतमा २६ रन बनाउँदा लोकेश बमले १३ तथा आसिफ सेख र गुल्सन झाले समानन ११ रन बनाए।

बलिङमा जासन होल्डरले ४ विकेट लिँदा अकिल हुसेन, म्यथु फोर्ड, समार जोसेफ र रोस्टन चेसले समान १ विकेट लिए।

प्रकाशित मिति: १४:१० बजे, आइतबार, फागुन ३, २०८२
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्