दीपेन्द्रको अर्धशतकमा नेपालले दियो १३५ रनको लक्ष्य
मुम्बईस्थित वानखेडे मैदानमा जारी खेलमा टस हारेर पहिले ब्याटिङ गररेको नेपालले ८ विकेटको क्षतिमा १३३ रन बनाए।
काठमाडौं, फागुन ३ : दीपेन्द्रसिंह ऐरीको अर्धकतक मद्दतमा नेपालले वेस्टइन्डिजलाई १३४ रनको झिनो लक्ष्य दिएको छ।
मुम्बईस्थित वानखेडे मैदानमा जारी खेलमा टस हारेर पहिले ब्याटिङ गररेको नेपालले ८ विकेटको क्षतिमा १३३ रन बनाए।
टि–२० विश्वकपमा नेपालका लागि अर्धशतक बनाउने दोस्रो खेलाडी बनेका उनले ४७ बलमा ३ चौका र ३ छक्का प्रहार गदैृ ५८ रन बनाए।
दीपेन्द्रले समार जोसेफलाई छक्का प्रहार गर्दै ४४ बलमा अर्धशतक बनाए। योसँगै उनी टि–२० विश्वकपमा अर्धशतक बनाउने दोस्रो खेलाडी बनेका छन्। यसअघि सन् २०१४मा सुवास खकुरेल अफगानिस्तानविरुद्ध अर्धशतक बनाएका थिए।
दीपेन्द्र वानखेडेमा अर्धशतक बनाउने पहिलो खेलाडी पनि बनेका छन्।
दीपेन्द्रबाहेक सोमपाल कामीले १५ बलमा ४ चौका मद्दतमा २६ रन बनाउँदा लोकेश बमले १३ तथा आसिफ सेख र गुल्सन झाले समानन ११ रन बनाए।
बलिङमा जासन होल्डरले ४ विकेट लिँदा अकिल हुसेन, म्यथु फोर्ड, समार जोसेफ र रोस्टन चेसले समान १ विकेट लिए।












