पशुपतिनाथ मन्दिरमा भक्तजनको ठूलो भीड [तस्बिरहरू]
आजको दिन भगवान् शिवको पूजा, आराधना र व्रत बस्ने चलन रहेकाले देशभरका शिवालयहरूमा भक्तजनको ठूलो भीड लागेको छ।![पशुपतिनाथ मन्दिरमा भक्तजनको ठूलो भीड [तस्बिरहरू]](https://kathmandupress.com/uploads/posts/coer-1771128930.jpg)
काठमाडौं, फागुन ३ : फाल्गुन कृष्ण चतुर्दशीका अवसरमा आज देशभर महाशिवरात्रि पर्व श्रद्धा र भक्तिपूर्वक मनाइँदैछ।
आजको दिन भगवान् शिवको पूजा, आराधना र व्रत बस्ने चलन रहेकाले देशभरका शिवालयहरूमा भक्तजनको ठूलो भीड लागेको छ।
सबैभन्दा बढी भीड आज पशुपतिनाथ मन्दिर क्षेत्रमा देखिएको छ। बिहानैदेखि दर्शनार्थी, साधुसन्त र तीर्थयात्रीहरूको चहलपहल बढेको छ भने छिमेकी देश भारतबाट समेत हजारौँ भक्तजन यहाँ आएका छन्।




















प्रकाशित मिति: १०:०० बजे, आइतबार, फागुन ३, २०८२
प्रतिक्रिया दिनुहोस्
थप समाचार










![पशुपतिनाथ मन्दिरमा भक्तजनको ठूलो भीड [तस्बिरहरू]](https://kathmandupress.com/uploads/posts/550X700/coer-1771128930.jpg)

