Kathmandu Press

टी–२० विश्वकपमा आज नेपाल र वेस्ट इन्डिज भिड्दै, जितको दबाबमा नेपाल

पाल र वेस्ट इन्डिजबीचको खेल मुम्बईस्थित वानखेडे स्टेडियममा बिहान सवा ११ बजेदेखि सुरु हुनेछ।
टी–२० विश्वकपमा आज नेपाल र वेस्ट इन्डिज भिड्दै, जितको दबाबमा नेपाल

काठमाडौं, फागुन ३ : आईसीसी टी–२० विश्वकप २०२६ अन्तर्गत समूह चरणको तेस्रो खेलमा नेपाली टोली आज वेस्ट इन्डिजटोलीसँग प्रतिस्पर्धा गर्दैछ। नेपाल र वेस्ट इन्डिजबीचको खेल मुम्बईस्थित वानखेडे स्टेडियममा बिहान सवा ११ बजेदेखि सुरु हुनेछ।

समूह चरणका सुरुवाती दुई खेलमा पराजित भएको नेपालका लागि बाँकी खेलहरू अत्यन्तै महत्वपूर्ण बनेका छन्।

Hardik ivf

प्रतियोगितामा टिकिरहन नेपाललाई जित्नैपर्ने दबाब छ । वेस्ट इन्डिज भने लगातार दुई जितसहित सुपर–८ मा पुग्ने संघारमा रहेको छ।आजको खेल जितेमा वेस्ट इन्डिज अर्को चरणमा पुग्नेछ भने नेपाल एक खेल अगावै प्रतियोगिताबाट बाहिरिनेछ।

वेस्ट इन्डिजले दुई पटकको टी–२० विश्वकप जितिसकको छ। उसले सन् २०१२ र २०१६ मा उपाधि जितेको थियो।

आईसीसी टी–२० अन्तर्राष्ट्रिय वरियतामा वेस्ट इन्डिज सातौं स्थानमा छ र कप्तान शाइ होपको नेतृत्वमा रहेको टोली पावर हिटिङका लागि परिचित छ ।

आजको खेलमा नेपालका लागि ओपनर कुशल भुर्तेलमाथि फेरि ध्यान केन्द्रित हुनेछ। साथै दीपेन्द्रसिंह ऐरीबाट अलराउन्ड प्रदर्शनको अपेक्षा गरिएको छ । बलिङतर्फ सन्दीप लामिछाने निर्णायक हुने अपेक्षा गरिएको छ।

प्रकाशित मिति: ०९:४७ बजे, आइतबार, फागुन ३, २०८२
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्