Kathmandu Press

सार्वजनिक खर्चमा खुला डेटा, उद्यमशीलता र स्टार्टअपमार्फत रोजगारी मेरो एजेण्डा : थापा

शनिबार नयाँबानेश्वरमा नेपाली कांग्रेस समर्थक बौद्धिक एवं पेशागत समूहद्वारा आयोजित अन्तरक्रिया कार्यक्रममा बोल्दै थापाले सुशासनसम्बन्धी आफ्नो दृष्टिकोण केवल घोषणा मात्र नभई कार्यान्वयनमुखी रहेको बताए । उनले भ्रष्टाचारप्रति शून्य सहनशीलता अपनाउने, सार्वजनिक खर्चको विवरण खुला डेटा प्रणालीमार्फत नागरिकका लागि उपलब्ध गराउने तथा नागरिक निगरानीलाई संस्थागत गर्ने योजना प्रस्तुत गरे ।
सार्वजनिक खर्चमा खुला डेटा, उद्यमशीलता र स्टार्टअपमार्फत रोजगारी मेरो एजेण्डा : थापा

काठमाडौं, फागुन ३ : प्रतिनिधि सभाको आसन्न निर्वाचनमा काठमाडौं क्षेत्र नम्बर १ का नेपाली कांग्रेस उम्मेदवार प्रवल थापाले सार्वजनिक खर्चमा खुला डेटा प्रणाली, उद्यमशीलता तथा स्टार्टअप प्रवद्र्धन, महिलालाई सीप विकास र रोजगारी सिर्जना आफ्नो मुख्य चुनावी एजेन्डा भएको बताएका छन् । 

शनिबार नयाँबानेश्वरमा नेपाली कांग्रेस समर्थक बौद्धिक एवं पेशागत समूहद्वारा आयोजित अन्तरक्रिया कार्यक्रममा बोल्दै थापाले सुशासनसम्बन्धी आफ्नो दृष्टिकोण केवल घोषणा मात्र नभई कार्यान्वयनमुखी रहेको बताए । उनले भ्रष्टाचारप्रति शून्य सहनशीलता अपनाउने, सार्वजनिक खर्चको विवरण खुला डेटा प्रणालीमार्फत नागरिकका लागि उपलब्ध गराउने तथा नागरिक निगरानीलाई संस्थागत गर्ने योजना प्रस्तुत गरे ।

Hardik ivf

सुशासन, पारदर्शिता र जवाफदेहितामार्फत क्षेत्रको समग्र सुधार गर्ने लक्ष्यसहित आफू चुनावी प्रतिस्पर्धामा उत्रिएको उनको भनाइ थियो । त्यस्तै सांसद विकास कोषलाई स्थायी संरचनामा रूपान्तरण गर्ने, युवालाई स्टार्टअपतर्फ आकर्षित गर्ने, स्थानीय तहमा उद्यमशीलता प्रवद्र्धन गर्ने, महिलालाई सीप विकासमार्फत आर्थिक सशक्तीकरण गर्ने तथा रोजगारी सिर्जनामा जोड दिने उनको प्रतिबद्धता छ । सेवा प्रवाह सुधार र प्रशासनिक पारदर्शितालाई पनि आफ्नो प्राथमिकतामा राखेको उनले बताए ।

उक्त कार्यक्रममा बागमती प्रदेश सरकारका पूर्व आन्तरिक मामिला तथा कानून मन्त्री सुरजचन्द्र लामिछानेले पनि काठमाडौं  क्षेत्र नम्बर १ को लागि प्रवल थापा नै उपयुक्त उमेद्वार रहेको बताएका छन् । ‘राजनीति पनि राम्रोसँग बुझेको, विभिन्न नेतृत्वमा पनि अब्बल र देश विकास, भ्रष्टाचार न्यूनीकरण र सुशासन स्थापित गर्न सक्ने खालका विभिन्न एजेण्डा बोकेको प्रवलजस्तो युवा नेतृत्वले नै यहाँको समस्या समाधान गर्न सक्छन् । त्यहीमाथि यही जन्मेको, हुर्केको भएकाले पनि यहाँको समस्या उनले राम्रोसँग बुझेका छन्।’ उनले बताए । 

‘प्रवल थापाले कांग्रेसलाई रुपान्तरण गर्नको लागि आन्तरिक रुपमा बलियो कदम चालेका छन्, त्यसैले उनमा पनि देश विकास गर्ने हुटहुटी देखिन्छ ।’ नेपाली कांग्रेस भित्रको रुपान्तरणको प्रसंशा पार्टी प्रवक्ता देवराज चालिसेले बताए । ‘पार्टीको एजेण्डा स्पष्ट छ । युवा नेतृत्वलाई बढावा दिँदै सुशासन र भ्रष्टाचार न्यूनीकरण गर्नु नै हाम्रो मुख्य उद्देश्य हो । प्रवल थापाले राजनीति मात्र नभई स्थानीय जनताको भावना र समस्या बुझेका छन् र देश विदेश बुझेको मान्छेले पक्कै पनि राम्रो काम गर्दै जान्छ भन्ने विश्वास छ ।’ उनले बताए । 

कार्यक्रममा उपस्थित नेपाल प्रहरीका पूर्व नायब महानिरीक्षक (डीआईजी) रमेश खरेलले अहिले नेपाली कांगे्रस रुपान्तरित शक्ति बनेर आएको बताउँदै युवा नेतृत्वलाई अघि सारेकोमा प्रशंसा गरेका छन् । ‘माटो बुझेको, जनताको भावना बुझेको युवा नेतृत्वले नै विकासको कामलाई नयाँ आयामबाट गर्न सक्छ ।’ 

जेन–जी आन्दोलनले उठाएका भ्रष्टाचार, रोजगारी, सुशासन, पारदर्शिता र युवालाई अवसर जस्ता विषय आफूले लामो समयदेखि उठाउँदै आएको दाबी गर्दै ती एजेन्डा कार्यान्वयन गर्न आफूलाई सहज हुने थापाको भनाइ थियो । “यही क्षेत्रमा जन्मिएको, हुर्किएको र यहीँ नै संघर्ष गरिरहेको व्यक्ति हुँ । समाजको भित्री तहसम्म पुगेर जनतालाई बुझेको छु । यो ठाउँ भावनासँग जोडिएको छ,” उनले भने ।

उनले थपे, “आफैँले पनि विभिन्न समस्या भोग्दै आएको छु । कहाँ कस्तो समस्या छ भन्ने मलाई राम्रोसँग थाहा छ । त्यसैले काठमाडौं क्षेत्र नम्बर १ मा सुधार गर्नुपर्ने धेरै काम छन् । अरुले यो क्षेत्रलाई पढ्नुपर्छ, मैले भने बाँच्दै आएको छु ।”

प्रकाशित मिति: ०६:५९ बजे, आइतबार, फागुन ३, २०८२
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्