Kathmandu Press

कांग्रेसको घोषणापत्र सार्वजनिकको मिति सर्‍यो, फागुन ६ गते जनकपुरको सभामा सार्वजनिक हुने

केही प्राविधिक समस्याका कारण उक्त प्रतिज्ञापत्र सार्वजनिक कार्यक्रम स्थगन गरिएको कांग्रेसका प्रवक्ता देवराज चालिसेले जानकारी दिए ।
कांग्रेसको घोषणापत्र सार्वजनिकको मिति सर्‍यो, फागुन ६ गते जनकपुरको सभामा सार्वजनिक हुने
Hardik ivf

काठमाडौं, फागुन ३ : नेपाली कांग्रेसले आज  (फागुन ३) का निम्ति तय गरेको चुनावी घोषणापत्र (प्रतिज्ञा पत्र) सार्वजनिक कार्यक्रम स्थगन गरिएको छ । केही प्राविधिक समस्याका कारण उक्त प्रतिज्ञापत्र सार्वजनिक कार्यक्रम स्थगन गरिएको कांग्रेसका प्रवक्ता देवराज चालिसेले जानकारी दिए । 

फागुन ३ गते दिउँसो २ः०० बजे पार्टीको केन्द्रीय कार्यालयमा आयोजना गर्ने तय गरिएको प्रतिज्ञा पत्र सार्वजनिक कार्यक्रम २०८२ फागुन ६ गते नेपाली कांग्रेस मधेश प्रदेश कार्यसमितिको आयोजनामा जनकपुरमा हुने चालिसेले बताए । 

पहिलो चुनावी सभामा जानुअघि घोषणापत्र सार्वजनिक गरिसक्ने तयारी रहेको कांग्रेसले जनाएको छ ।

प्रकाशित मिति: ०७:२२ बजे, आइतबार, फागुन ३, २०८२
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्