Kathmandu Press

शिवरात्रि तथा सेना दिवसका अवसरमा रारा ताल क्षेत्रमा सेनाद्वारा सरसफाइ अभियान सुरु

रारा राष्ट्रिय निकुञ्जको सुरक्षार्थ खटिएको सेनाको हनुमान ध्वज गुल्म हुटुले शनिबार सरसफाइ कार्यक्रम आयोजना गर्दै अबदेखि हरेक महिनामा एक पटक ताल क्षेत्र सफा गर्ने घोषणा गरेको हो ।
शिवरात्रि तथा सेना दिवसका अवसरमा रारा ताल क्षेत्रमा सेनाद्वारा सरसफाइ अभियान सुरु

मुगु, फागुन २ : महाशिवरात्रि तथा २६३ औँ सेना दिवसको अवसरमा नेपाली सेनाले रारा ताल क्षेत्रमा नियमित सरसफाइ अभियान सुरु गरेको छ ।

रारा राष्ट्रिय निकुञ्जको सुरक्षार्थ खटिएको सेनाको हनुमान ध्वज गुल्म हुटुले शनिबार सरसफाइ कार्यक्रम आयोजना गर्दै अबदेखि हरेक महिनामा एक पटक ताल क्षेत्र सफा गर्ने घोषणा गरेको हो ।

Hardik ivf

सरसफाइ कार्यक्रममा सेना, शस्त्र प्रहरी, नेपाल प्रहरी, निर्वाचन सुरक्षाकर्मी, होटल व्यवसायी, घोडा व्यवसायी तथा निकुञ्जका कर्मचारी सहभागी भएका थिए। उनीहरूले ताल वरपरबाट करिब ४ सय केजी फोहोर संकलन गरेका छन्।

हनुमान ध्वज गुल्म हुटु राराका सेनानी खड्गबहादुर श्रेष्ठ ले रारा भ्रमण गर्ने पर्यटक बढ्दै जाँदा फोहोर व्यवस्थापन चुनौती बन्दै गएको बताए। उनका अनुसार १६ किलोमिटर ताल क्षेत्रलाई स्वच्छ राख्न मासिक सरसफाइ अभियान सञ्चालन गरिनेछ।

कार्यक्रममा सहभागी प्रमुख जिल्ला अधिकारी खडानन्द अधिकारी ले रारा मुगुको मात्र नभई समग्र कर्णाली प्रदेश को पर्यटन सम्भावना बोकेको महत्वपूर्ण गन्तव्य भएकाले यसलाई सफा राख्न सबैको सहकार्य आवश्यक रहेको बताए।

स्थानीयले छाडा चरिचन तथा पर्यटकले ल्याएका प्लास्टिकजन्य सामग्री उचित व्यवस्थापन नगर्दा ताल क्षेत्रमा फोहोर बढ्दै गएको बताएका छन्। सेनाले अभियानलाई निरन्तरता दिने प्रतिबद्धता जनाए पनि अन्य सरोकारवाला निकायको सहयोग आवश्यक रहेको सहभागीहरूको भनाइ थियो।

प्रकाशित मिति: ०६:१४ बजे, आइतबार, फागुन ३, २०८२
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्