भारतबाट आएका थिए बर्दियाका कोरोना संक्रमित पुरुष
गुलरिया, जेठ १० : बर्दियाको बढैयाताल गाउँपालिकाकामा एक जनामा कोरोना संक्रमण देखिएको छ।
केही दिनअघि भारतबाट आएर बढैयाताल गाउँपालि....

गुलरिया, जेठ १० : बर्दियाको बढैयाताल गाउँपालिकाकामा एक जनामा कोरोना संक्रमण देखिएको छ।
केही दिनअघि भारतबाट आएर बढैयाताल गाउँपालिका–६ मैनापोखरस्थित शारदा बहमुखी क्याम्पसको क्वारेन्टिनमा बसेका बढैयाताल –७ का १९ वर्षीय पुरुषमा कोरोना संक्रमण पुष्टि भएको प्रमुख प्रशासकीय अधिकृत अर्जुन सुवेदीले जानकारी दिए।
संक्रमितलाई उपचारका लागि कहाँँ पठाउने भन्ने विषयमा छलफल भइरहेको उनले बताए।
यसअघि राजापुरकी ११ वर्षीया बालिका र गुलरिया नगरपालिका–११ घर भई काठमाडौंमा रहेका एक व्यक्तिमा कोरोना संक्रमण देखिएको थियो।
प्रकाशित मिति: १९:०६ बजे, शनिबार, जेठ १०, २०७७
प्रतिक्रिया दिनुहोस्
थप समाचार











