संखुवासभामा कांग्रेस र एमालेलाई टक्कर दिँदै रास्वपाका मिङ्मार
उनीहरू सबैको मत एकै छ- `कार्की टुरिष्ट उम्मेदवार हुन्। उनीबाट हिजोका दिनमा नि केही भएको थिएन, अब पनि केही होला भन्ने कुनै संकेत कतै नि पाइन्न।´
संखुवासभा, फागुन १ : संखुवासभामा आजको दिन चुनावी सरगर्मी निकै बढेको छ। नेपाली कांग्रेस, एमाले, नेपाली कम्युनिस्ट पार्टी र राष्ट्रिय स्वतन्त्र पार्टीको प्रमुख प्रतिद्वन्द्वी अवस्था रहेको विश्लेषकहरको बुझाइ छ । तर गाउँ र बस्तीतिर गएर हेर्ने हो भने स्थिति पुरै फरक छ।
नेपाली कांग्रेसका दिपन श्रेष्ठ पुराना कार्यकर्ता भए पनि उनीप्रति जनमत उति सारो आकर्षित छैन। नेपाली कांग्रेसले लामै समय साशन गरे पनि संखुवासभाको लागि खास योजना, युवा सम्बोधित कार्यक्रमको अभाव र जलविद्युतमा अपेक्षित ठोस काम नगरेको जनमतको बुझाइ छ। जनमतको उपेक्षा र विकासमा सुस्तता नै कांग्रेसले मत गुमाउने अहिलेको टड्कारो पाटो भएको संखुवासभालीहरु नै खुलेर बताउँछन्। उम्मेदवारको भद्रता वा समर्पण नै अन्तिम सत्य नभएको उनीहरूको ठम्याइ छ।
यता एमालेका उम्मेदवार डा. अर्जुन कार्की पनि संखुवासभाली मतदातालाई आकर्षण गर्न सकिरहेका छैनन्। उनीहरू सबैको मत एकै छ- `कार्की टुरिष्ट उम्मेदवार हुन्। उनीबाट हिजोका दिनमा नि केही भएको थिएन, अब पनि केही होला भन्ने कुनै संकेत कतै नि पाइन्न।´
`जो जीवनभर जिल्ला छोडेर अन्तै कमाउधमाउमा चुर्लुम्म डुब्यो, जीवनको उत्तरार्धमा आएर के प्रगति हुन सक्ला र।´
संखुवासभालीको चाहनामा हिजोका दिनमा पनि एमालेले न्याय नगरेको, साथ नदिएको र कर्तव्य पूरा नगरेको उनीहरूको विवेचना छ। खासगरि जल सम्पदाको अथाह विकास र उन्नति गरि आर्थिक आय आर्जनमा उल्लेख्य प्राप्ति हुनुपर्ने भए पनि एमालेको ढुलमुले नीतिकै कारण जिल्लाले भनेजस्तो उन्नति गर्न नसकेको धारणा आम समाजमा व्याप्त छ। यसै आउँदा दिनमा पनि यस्तै रणनीति वा कार्यशैली एमालेको हुने कुरामा उनीहरू ठोकुवा गर्छन्।
नेपाली कम्युनिस्ट पार्टीको उम्मेदवार सरिता खड्काले पनि अनुकूल राजनीति गर्न सक्ने वातावरण पाएको देखिन्न। उनी जिल्लाका लागि उति सारो प्रिय छैनन् । नेपाली कम्युनिस्ट पार्टीको टुट्फुट र अनावश्यक गठन- विघटनको मारमा अहिलेका उम्मेदवारला पनि चोट परेको अनुभव हुन्छ। हिजोका दिनमा पनि माधव नेपाल र पुष्पकमल दाहलको प्रभाव यो जिल्लामा खासै पर्न सकेको थिएन। त्यसैले पनि आजका उम्मेदवारले त्यो नैराश्यपुर्ण स्थितिसँग झुझ्नु परिरहेको छ। नेपाली कम्युनिस्ट पार्टीको जन्म र उपस्थितिलाई धेरैले भन्ने गरेका छन्- आफ्नो अवस्थालाई नबुझी आगोमा कुदेका छन् ताराका उम्मेदवार। कुनै पनि एजेन्डा, नारा वा भासनले तान्न नसकेको तर्क छ उनीहरूप्रति।
जिल्लामा विकासका पुर्वाधारले गति लिन नसकेकोमा अहिलेको चुनावमा यी प्रश्नहरु निकै उठेका छन्। यी प्रश्नको उत्तर हिजोका सत्तासिन दलका उम्मेदवारले दिन नचाहेको वा उनीहरुसँग यसको गतिलो जवाफ नभएको लाग्छ।
संखुवासभामा जनमतको पल्ला भारी बन्दै छ, अहिले राष्ट्रिय स्वतन्त्र पार्टीको। यो पार्टीका उम्मेदवार मिङमा शेर्पा प्रसिद्ध हिमाल आरोही हुन्। उनले जिल्लाको स्वास्थ्य सेवामा उल्लेखनीय योगदान पुर्याएका छन्। उनी पर्यटन व्यवसायी पनि भएकाले मिङमाको उपस्थिति निकै रुचिकर ढंगले हेरिएको छ। शिक्षा, जलविद्युत, पर्यटन तथा कृषिमा आधुनिकीकरण जस्ता मुख्य मुद्दा लिएर आएका छन् मिङ्ममा शेर्पाले। उनले संखुवासभाको उन्नतिका लागि विशेष रोडम्याप तयार पनि गरेका छन्। गाउँको उत्पादन शहरमा र शहरको सीप- शैली गाउँलाई भन्ने उनको मूल नारा नै देखिन्छ। आफ्नो जीवन स्तर उकास्न अत्यन्तै कठोर परिश्रम गरेका मिङमाले संसारका धेरै अग्ला हिमाल चढेर कीर्तिमानी कायम राखेका छन्। उनको लक्ष्य छ- अब संखुवासभाका अविकास हटाउँ, रोगब्याधी निर्मुल पार्न अस्पताल निर्माण गरुँ, शिक्षामा नयाँ श्रोतसाधनको खोजी गरुँ, जनताको जीवनस्त उठाउन विविध आय आर्जनको बाटो खोजुँ।
कांग्रेस, एमाले र नेपाली कम्युनिस्ट पार्टीका विगतका गतिविधि, नैराश्यपुर्ण चरित्र र परिवर्तनको नयाँ आकांक्षा को लहरले अहिलेका मतदाता पुरै प्रभावित छन्। यो प्रभाव निश्चित नै घण्टीको पक्षमा मत ब्बएर अभिव्यक्त हुने कुरामा दुई मत छैन। यसैले यो पटक संखुवासभामा नयाँ अनुहार, नयाँ सोच र नयाँ लक्ष्य लिएर उदाएका मिङमा शेर्पाले बाजी मार्ने लगभग पक्कापक्की छ। यो निर्णय आजको समयको प्रमुख माग पनि हो भन्ने लाग्छ।












