Kathmandu Press

गौर करदाता सेवा कार्यालय सार्न खोजेपछि तनाव स् व्यापारीद्वारा बजार बन्द र प्रदर्शन

ट्रकमा सामान लोड गरी लैजान खोज्दा स्थानीय उद्योगी, व्यापारी र राजनीतिक दलका प्रतिनिधिहरूले कडा अवरोध गरेपछि स्थिति तनावपूर्ण बनेको हो।
गौर करदाता सेवा कार्यालय सार्न खोजेपछि तनाव स् व्यापारीद्वारा बजार बन्द र प्रदर्शन

रौतहट, फागुन १ : गौरस्थित करदाता सेवा कार्यालय परिसरमा तनावकाे वातारणा सिर्जना भएकाे छ। 

करदाता सेवा कार्यालय खारेज गरी त्यहाँका महत्वपूर्ण कागजात र फर्निचरका सामानहरू आन्तरिक राजस्व कार्यालय सिमरा (बारा) लैजान खोजिएपछि शुक्रबार गौरमा तनाव उत्पन्न भएको छ। ट्रकमा सामान लोड गरी लैजान खोज्दा स्थानीय उद्योगी, व्यापारी र राजनीतिक दलका प्रतिनिधिहरूले कडा अवरोध गरेपछि स्थिति तनावपूर्ण बनेको हो।

शुक्रबार दिउँसो सुरक्षाकर्मीहरूको बाक्लो उपस्थितिमा कार्यालयका सामानहरू ट्रकमा लोड गरी सिमरा लैजान खोजिएको थियो। तर, जानकारी पाएलगत्तै पुगेका उद्योग वाणिज्य संघका पदाधिकारी र स्थानीयले सामान लैजान रोकेका थिए। अवरोधपछि सामानहरू पुनः कार्यालयमै फर्काइएको छ।

 

photo-4_ee04c358-1770988348.jpg

कार्यालय हटाउन लागेको विरोधमा आक्रोशित व्यापारीहरूले गौर बजार पूर्ण रूपमा बन्द गराएका छन्। प्रदर्शनकारीहरूले घण्टाघर चोकमा टायर बालेर सडक अवरुद्ध गर्दै सरकारी कदमको विरोध गरिरहेका छन्।

रौतहट उद्योग वाणिज्य संघका महासचिव सन्तोष केसरीले देश निर्वाचनमा होमिएको र सबैको ध्यान त्यता मोडिएको मौका छोपेर सुटुक्क सामान लैजान खोजिएको आरोप लगाए। विगतमा प्रमुख जिल्ला अधिकारीसँग भएको सहमति विपरीत कार्यालय सार्न लागिएको भन्दै आपत्ति जनाए।

photo-2_40efbda3-1770988348.jpg

नेकपा एमालेका नेता एवं उम्मेदवार अजयकुमार गुप्ता र रास्वपा उम्मेदवार राजेश चौधरीले गौरको कार्यालय अन्यत्र लैजान नहुने र यस्तो गरिए कडा प्रतिवाद गर्ने चेतावनी दिएका छन्। स्थानीयले गौर करदाता सेवा कार्यालयलाई यथावत राख्न माग गर्दै आफ्नो आन्दोलन जारी राख्ने बताएका छन्।

प्रकाशित मिति: १८:५७ बजे, शुक्रबार, फागुन १, २०८२
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्