Kathmandu Press

देउवालाई मधेसवादी दलको प्रस्ताव- संविधान संशोधन मधेसको माग सम्बोधन हुने गरी गराैं 

काठमाडौं, जेठ १० : जनता समाजवादी पार्टीले संविधान संशोधनको पहल थालेको छ। आफ्ना माग सम्बोधन गराउन जसपाका नेताहरुले कसरत थालेका हुन्। 

....
देउवालाई मधेसवादी दलको प्रस्ताव- संविधान संशोधन मधेसको माग सम्बोधन हुने गरी गराैं 
फाइल

काठमाडौं, जेठ १० : जनता समाजवादी पार्टीले संविधान संशोधनको पहल थालेको छ। आफ्ना माग सम्बोधन गराउन जसपाका नेताहरुले कसरत थालेका हुन्। 

भारतले अतिक्रमण गरेका लिपुलेक, कालापानी र लिम्पियाधुरासहित समेटिएर जारी भएको नयाँ नक्सालाई संविधानको अनुसूचीमा समावेश गर्न सरकारले संविधान संशोधनको प्रस्ताव दर्ता गरेसँगै मधेस केन्द्रित दलहरू आफ्ना माग पूरा गराउन कसरत थालेका हुन्। 

नक्सा परिवर्तनका लागि संविधान संशोधन गर्न लागिएपछि पहिले अस्वीकृत भएकै विषयलाई पुनः प्याकेजमा नै संशोधनमा लानुपर्ने गरी जनता समाजवादी पार्टीले छलफल अघि बढाएको छ। 

संविधान संशोधनका विषयमा कुरा गर्न  शनिबार जसपाका नेताहरू डा. बाबुराम भट्टराई, उपेन्द्र यादव, राजेन्द्र महतो, महेन्द्र राय यादव र अनिल झा कांग्रेस सभापति शेरबहादुर देउवाको निवास पुगेका थिए। 

कांग्रेसका तर्फबाट सभापति देउवा मात्रै बैठकमा सहभागी भएका थिए। जनता समाजवादीका नेताहरूले संविधान संशोधनको विषयलाई प्याकेजमा नै सहमति जुटाएर जानका लागि देउवासँग वातावरण बनाइदिन आग्रह गरेका थिए। 

यसअघि पुष्पकमल दाहाल नेतृत्वको सरकारले मधेसकेन्द्रित दलहरूको मागबमोजिम संविधान संशोधनको विषयमा प्रस्ताव ल्याए पनि निर्णयार्थ प्रस्तुत हुँदा उनीहरूको प्रस्ताव अस्वीकृत भएको थियो।

प्रकाशित मिति: १८:२३ बजे, शनिबार, जेठ १०, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्