बाँकेमा थपिए थप २७ जना कोरोना संक्रमित
काठमाडौं, जेठ १० : बाँकेमा थप २७ जनामा कोरोनाको संक्रमण पुष्टि भएको छ।
शनिबार राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान, घोराहीमा गरिए....

काठमाडौं, जेठ १० : बाँकेमा थप २७ जनामा कोरोनाको संक्रमण पुष्टि भएको छ।
शनिबार राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान, घोराहीमा गरिएको परीक्षणमा बाँकेका थप २७ जनामा कोरोनाको संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले जानकारी दिए।
उनका अनुसार संक्रमितहरु बाँकेको नरैनापुर १ र ३ का २७ रहेका छन्। नरैनापुर–३ को राष्ट्रिय प्रावि गेललीमा १५ जना, नरैनापुर–१ को राष्ट्रिय प्रावि महातनियाका ६ जना र नरैनापुरको मद्रसाका ६ जनामा कोरोनाको संक्रमण भेटिएको हो। उनीहरु १६ देखि ५० वर्ष उमेर समूहका रहेका छन्।
योसँगै कोरोनाबाट संक्रमित हुनेको संख्या ५८४ पुगेको छ। संक्रमितमध्ये ७९ जना निको भएर घर फर्किएका छन् भने तीन जनाको मृत्यु भएको छ।











