Kathmandu Press

देशमा निर्णय र नेतृत्व क्षमतामा कमजोरी देखिएको छ : नेता दाहाल

नेपाली जनता धेरै विकसित देशहरु पुगेको हुनाले जनताको अपेक्षा पनि त्यही हिसाबको भएपनि नेपालको वस्तुगत धरातल एकदमै उल्टो भएको पनि उनको भनाई छ।
देशमा निर्णय र नेतृत्व क्षमतामा कमजोरी देखिएको छ : नेता दाहाल

काठमाडौं, माघ २८ : नेपाली कम्युनिस्ट पार्टी ९नेकपा० का उम्मेदवार लेखनाथ दाहालले देशमा निर्णय र नेतृत्व क्षमतामा कमजोरी देखिएको बताएका छन्।

बुधबार काठमाडौंमा पत्रकार भेटघाट तथा छलफल कार्यक्रमको आयोजना गर्दै उनले देशव्यापी रुपमा शासकिय क्षमता, निर्णय र नेतृत्व क्षमतामा कमजोरी भएको भन्दै यसलाई छलफल र विकास गर्नुपर्ने बताए।

Hardik ivf

‘जेनजी आन्दोलनपछि मुलुक जलेर खरानी भएको छ। नवनिर्माण गर्नुपर्ने छ, पुन निर्माण गर्नुपर्ने छ। २७ खर्ब सार्वजनिक ऋण छ, हाम्रो राजस्व पनि धेरै उठेको छैन् । हाम्रो वास्तविकता यही हो,’ उनले भने, ‘आर्थिक अवस्था कमजोर छ, शासकिय क्षमता कमजोर छ, हाम्रो समस्या शासकिय क्षमतामा छ । निर्णय र नेतृत्व क्षमतामा कमजोर छ देशव्यापी रुपमा यसलाई हामीले विकास गर्नुपर्छ । यसमा छलफल गर्नुपर्छ।’

नेपाली जनता धेरै विकसित देशहरु पुगेको हुनाले जनताको अपेक्षा पनि त्यही हिसाबको भएपनि नेपालको वस्तुगत धरातल एकदमै उल्टो भएको पनि उनको भनाई छ।

उनले जेनजी विद्रोहपछि पुराना पार्टीप्रति आवेग बनेको र नयाँ पुस्तालाई नेताहरुले केही गरेन भन्ने परेको भन्दै यसलाई सम्बोधन गर्न समस्या पत्ता लगाएर कुशल नेतृत्व प्रदान गर्नुपर्ने बताए।

‘जनतामा पुराना पार्टीप्रति रिस र आवेग जेनजी विद्रोहपछि झन् बढेको छ र नयाँ पुस्तालाई नेताहरुले केही गरेन भन्ने छ तर मुलुक बनाउन सजिलो छैन। सजिलो छैन् भन्दैमा सम्भव नै छैन भन्ने होइन्। हामीले कहाँ कहाँ समस्या छ पत्ता लगाएर कुशल नेतृत्व प्रदान गर्नुपर्छ,’ उनले भने।

प्रकाशित मिति: १८:४९ बजे, बुधबार, माघ २८, २०८२
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्