Kathmandu Press

शिक्षण अस्पतालमा उपचाररत महिलामा कोरोनाको संक्रमण पुष्टि

काठमाडौं, जेठ १० :  महाराजगञ्जस्थित त्रिवि शिक्षण अस्पतालमा उपचारका लागि भर्ना भएकी एक महिलामा कोरोना भाइरसको संक्रमण भेटिएको छ।

शिक्षण....

शिक्षण अस्पतालमा उपचाररत महिलामा कोरोनाको संक्रमण पुष्टि

काठमाडौं, जेठ १० :  महाराजगञ्जस्थित त्रिवि शिक्षण अस्पतालमा उपचारका लागि भर्ना भएकी एक महिलामा कोरोना भाइरसको संक्रमण भेटिएको छ।

शिक्षण अस्पतालमा उपचाररत मकवानपुरको हेटौंडा उपमहानगरपालिका– ४ हुप्रचौरकी ५४ वर्षीया महिलामा कोरोनाको संक्रमण पुष्टि भएको हो।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले शुक्रबार सार्वजनिक गरेको कोरोना संक्रमितको सूचीमा मकवानवपुरकी ती महिला पनि रहेको पाइएको त्रिवि शिक्षण अस्पतालका कोभिड-१९ का संयोजक डा. सन्तकुमार दासले जानकारी दिए।

उनका अनुसार मुटुको रोगी ती महिला एक हप्ताअघि मनमोहन कार्डियो थोरासिक भास्कुलर एण्ड ट्रान्सप्लान्ट सेन्टरमा भर्ना भएकी हुन्। कोरोनाको संक्रमण पुष्टि भएपछि ती महिलालाई  गणेशमान भवनस्थित आइसोलेसनमा सारिएको छ।
 
प्रकाशित मिति: १३:३१ बजे, शनिबार, जेठ १०, २०७७
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्