संविधानले राष्ट्रिय सभाका अधिकार सीमित गर्यो, प्रतिबद्धता पूरा गर्न सकेनौं : सभापति दाहाल
सदस्यहरूबीच समानताको अभाव र सरकारको दृष्टिकोणमा पनि समस्या देखिएको उनको भनाइ थियो। दहालले संघीय संसद्का दुवै सभाको भूमिका उत्तिकै महत्वपूर्ण भए पनि त्यसबारे बुझाइ र कार्यान्वयनमा कमजोरी देखिएको टिप्पणी गरिन्।
काठमाडौं, माघ २८ : राष्ट्रिय सभाअन्तर्गत विधायन व्यवस्थापन समितिकी सभापति तुलसा कुमारी दहालले छ वर्षे पदावधि पूरा गर्ने क्रममा आत्मसमिक्षा गर्दै बुधबार राष्ट्रिय सभाको बैठकमा आफ्ना अनुभव सुनाएकी छन्।
बैठकलाई सम्बोधन गर्दै उनले नयाँ पुस्ताको नाममा राष्ट्रले धनजनको क्षति व्यहोर्नुपरेको अवस्थाले आफूलाई दुःखी बनाएको बताइन्। जनतासामु गरिएका कतिपय प्रतिबद्धता र संकल्पहरू पूरा गर्न नसकिएको स्वीकार गर्दै उनले संविधानले राष्ट्रिय सभाका केही अधिकार सीमित गरेको उल्लेख गरिन्।
सदस्यहरूबीच समानताको अभाव र सरकारको दृष्टिकोणमा पनि समस्या देखिएको उनको भनाइ थियो। दहालले संघीय संसद्का दुवै सभाको भूमिका उत्तिकै महत्वपूर्ण भए पनि त्यसबारे बुझाइ र कार्यान्वयनमा कमजोरी देखिएको टिप्पणी गरिन्।
‘नयाँ पुस्ताको नाममा राष्ट्रले धनजनको क्षति व्यहोर्नुपरेको अवस्थाले मन अमिलो बनाएको छ। जनतामाझ गरिएका कतिपय प्रतिबद्धता र संकल्पहरू पूरा गर्न सकिएनन्। संविधानले नै केही अधिकार कटौती गरेको छ भने सदस्यहरूबीच पनि समानता थिएन,’ उनले भनिन्, ‘सरकारको हेर्ने दृष्टिकोणमा पनि समस्या देखियो। संघीय संसदका दुई सभाको उत्तिकै महत्व छ भन्ने बुझाइ र कार्यान्वयनमा समस्या देखियो।’
सभापति दहालले आफ्नो कार्यकालमा धेरै ज्ञान र सीप हासिल गरेको उल्लेख गर्दै आफ्नो चेतना, योग्यता र सामथ्र्यअनुसार जिम्मेवारी निर्वाह गरेको अनुभूति व्यक्त गरिन्। यद्यपि, अन्तर्राष्ट्रिय अनुभवलाई अपेक्षित रूपमा समेट्न नसकिएको उनले स्वीकार गरिन्।












