Kathmandu Press

राष्ट्रियसभा बैठक बस्दै

आजको बैठकमा प्रधानमन्त्री सुशीला कार्कीले ‘चलचित्र विधेयक, २०८१’ छलफलका लागि प्रस्ताव गर्दै पारित गर्नका लागि सभासमक्ष प्रस्तुत गर्ने कार्यसूची रहेको छ।
राष्ट्रियसभा बैठक बस्दै

काठमाडौं, माघ २८ : संघीय संसद अन्तर्गत राष्ट्रियसभाको बैठक आज बस्दैछ । बैठक दिउँसो सवा १ बजे सिंहदरबारमा बस्नेछ । 

आजको बैठकमा प्रधानमन्त्री सुशीला कार्कीले ‘चलचित्र विधेयक, २०८१’ छलफलका लागि प्रस्ताव गर्दै पारित गर्नका लागि सभासमक्ष प्रस्तुत गर्ने कार्यसूची रहेको छ।

यसैगरी, आजको बैठकमा सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय र अर्थ मन्त्रालयसँग सम्बन्धित मौखिक प्रश्नहरूको सम्बन्धित मन्त्रीहरूले उत्तर दिनेछन् ।

त्यसैगरी, बैठकमा सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिका सभापति मायाप्रसाद शर्माले ‘सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन व्यवस्थापन समितिको अध्यागमन ऐन, २०४९ र सो ऐनअन्तर्गत बनेका प्रत्यायोजित विधायनहरूसम्बन्धी अध्ययन प्रतिवेदन, २०८२ माथि छलफल गरियोस्’ भन्ने प्रस्ताव प्रस्तुत गर्ने छन् ।

बैठकमा विधायन व्यवस्थापन समितिकी सभापति तुलसाकुमारी दाहालले ‘विधायन व्यवस्थापन समितिको आर्थिक वर्ष २०८१–८२ को वार्षिक प्रतिवेदन’ पेस गर्ने कार्यसूची छ ।

प्रकाशित मिति: ०८:२५ बजे, बुधबार, माघ २८, २०८२
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्