Kathmandu Press

सेइफर्ट र एलनकाे कीर्तिमानी साझेदारी, न्युनिल्यान्ड १० विकेटले विजयी

मंगलबार भएको खेलमा न्युजिल्यान्डले फिन एलन र टिम सेइफर्टकाे कीर्तिमानी साझेदारीकाे मद्दतमा यूएईलाई १० विकेटले हरायाे।
सेइफर्ट र एलनकाे कीर्तिमानी साझेदारी, न्युनिल्यान्ड १० विकेटले विजयी

काठमाडाैं, माघ २७ : आईसीसी टी-२० विश्वकपमा न्युजिल्यान्डले लगातार दोस्रो जित निकालेकाे छ। मंगलबार भएको खेलमा न्युजिल्यान्डले फिन एलन र टिम सेइफर्टकाे कीर्तिमानी साझेदारीकाे मद्दतमा यूएईलाई १० विकेटले हरायाे। 

१७४ रनको लक्ष्य न्युजिल्यान्डले १५.२ ओभरमा बिनाक्षति भेट्टायाे। उसका ओपनर टिम सेइफर्टले अविजित ८९ र एलनले अविजित ८४ रन बनाए।

Hardik ivf

यी दुईबीच भएको १७५ रनको साझेदारी टी-२० विश्वकप इतिहासमा कुनैपनि विकेटका लागि भएको सबैभन्दा उच्च साझेदारी हो। यसअघि सन् २०२२ को सेमिफाइनलमा भारतविरुद्ध इंग्ल्यान्डका एलेक्स हेल्स र जस बट्लरले १७० रनकै साझेदारी गरेका थिए। 

त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको यूएईले २० ओभरमा ६ विकेट गुमाएर १७३ रन बनाएको थियो । कप्तान मुहम्मद वासीमले अविजित ६६ रन बनाए भने अलिशान सराफुले ५५ रन बनाए ।

न्युजिल्यान्डका म्याट हेनरीले २ विकेट लिँदा ज्याकब डफी, लकी फर्गुसन, मिचेल सान्टनर र ग्लेन फिलिप्सले १-१ विकेट लिए ।

न्युजिल्यान्डले यसअघि पहिलो खेलमा अफगानिस्तानलाई हराएको थियो । यूएईले भने आज पहिलो खेल खेलेको हो ।

प्रकाशित मिति: १९:२० बजे, मंगलबार, माघ २७, २०८२
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्