Kathmandu Press

निर्वाचन आयोगको टिकटक प्रतियोगिता, उत्कृष्टलाई ५० हजार पुरस्कार

आयोगले मंगलबार एक सूचना जारी गर्दै प्रतियोगितामा सहभागी उत्कृष्ट तीन वटा भिडियोलाई पुरस्कृत गर्ने जनाएको हो । पहिलो हुनेले ५० हजार, दोस्रोले ३० हजार र तेस्रो हुनेले २० हजार रुपैयाँ नगद पुरस्कार पाउने जारी सूचनामा उल्लेख छ ।
निर्वाचन आयोगको टिकटक प्रतियोगिता, उत्कृष्टलाई ५० हजार पुरस्कार

काठमाडौं, माघ २७ : निर्वाचन आयोगले आगामी फागुन २१ गते हुने निर्वाचन सम्बन्धी चेतनामूलक टिकटक भिडियो प्रतियोगिता गर्ने भएको छ ।

आयोगले मंगलबार एक सूचना जारी गर्दै प्रतियोगितामा सहभागी उत्कृष्ट तीन वटा भिडियोलाई पुरस्कृत गर्ने जनाएको हो । पहिलो हुनेले ५० हजार, दोस्रोले ३० हजार र तेस्रो हुनेले २० हजार रुपैयाँ नगद पुरस्कार पाउने जारी सूचनामा उल्लेख छ ।

Hardik ivf

भ्युजका आधारमा पुरस्कार प्रदान गरिनेछ । भिडियोमा चुनाव प्रचारप्रसार, आचारसंहिता तथा मतदाता शिक्षा समावेश हुनुपर्नेछ र लिंक फागुन ३ देखि १७ गतेभित्र आयोगको इमेलमा पठाउनुपर्ने भएको हो ।

एक मिनेटसम्मको भिडियो टिकटकका साथै युट्युब र फेसबुकमा पनि राख्नुपर्ने आयोगले जनाएको छ । 

प्रकाशित मिति: ०८:४० बजे, मंगलबार, माघ २७, २०८२
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्