ताप्लेजुङमा भूकम्पको धक्का
राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार आज बिहान २ः४७ बजे चार म्याग्निच्युडको भूकम्प गएको हो ।
काठमाडौँ, माघ २७ : ताप्लेजुङको कञ्चनजङ्गा आसपासको क्षेत्रमा भूकम्पको धक्का महसुस भएको छ ।
राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार आज बिहान २ः४७ बजे चार म्याग्निच्युडको भूकम्प गएको हो ।
भूकम्प गएको स्थान नेपाल-भारत सीमा क्षेत्र नजिकै रहेको केन्द्रले जनाएको छ । भूकम्पको धक्का पूर्वी नेपालमा पनि महसुस गरिएको छ ।
प्रकाशित मिति: ०८:०६ बजे, मंगलबार, माघ २७, २०८२
प्रतिक्रिया दिनुहोस्
थप समाचार