नेपालकै पहिलो नवग्रह मन्दिरमा महाशिवरात्री बिशेष पुजा हुने
नेपालकै पावन भूमि, नेपालकै पहिलो नवग्रह मन्दिर मा यस पटकको महाशिवरात्रि एउटा उत्सव मात्र होइन, एउटा दिव्य अनुभूति हुने र आस्थाका ९ लाख ९९ हजार ९ सय ९९ दीपहरूको प्रकाशले अन्धकार मेट्ने र जीवनमा सौभाग्य भर्ने समितिका अध्यक्ष भरतराज पोखरेलले जानकारी दिए ।
काठमाडौं, माघ २६ : स्याङ्जाको अर्जुनचौपारीमा रहेको नेपालकै पहिलो नवग्रह मन्दिरमा महाशिवरात्री बिशेष पुजा हुने भएको छ । फागुन ३ गते आइतबार महाशिवरात्रीका दिन नवग्रह मन्दिरमा बिशेष पुजा हुनुका साथै ९ लाख ९९ हजार ९ सय ९९ दिप प्रज्वलन गरिने मन्दिर व्यवस्थापन समितिले जनाएको छ ।
नेपालकै पावन भूमि, नेपालकै पहिलो नवग्रह मन्दिर मा यस पटकको महाशिवरात्रि एउटा उत्सव मात्र होइन, एउटा दिव्य अनुभूति हुने र आस्थाका ९ लाख ९९ हजार ९ सय ९९ दीपहरूको प्रकाशले अन्धकार मेट्ने र जीवनमा सौभाग्य भर्ने समितिका अध्यक्ष भरतराज पोखरेलले जानकारी दिए ।
साथै सोही दिन मन्दिर परिसरमा भजन कन्सर्टका साथै अर्जुनचौपारी गाउापालिकाले आयोजना गरेको जिल्ला स्तरीय विद्यालय भजन प्रतियोगिता समेत हुनेछ । पालिकाको वडा नम्बर १ मा ९नेपालमै पहिलोपटक० नवग्रह मन्दिर निर्माण भएसँगै अर्जुनचौपारी धार्मिक पर्यटनको हब बनेको छ ।