Kathmandu Press

सिरहामा सवारी दुर्घटनाविरुद्ध प्रदर्शन, ठेकेदारको पुतला जलाइयो

दुर्घटनामा निरन्तर मानवीय क्षति बढ्दै जाँदा पनि सुरक्षाका उपाय नअपनाइएको भन्दै युवाहरू आक्रोशित भएका हुन् ।
सिरहामा सवारी दुर्घटनाविरुद्ध प्रदर्शन, ठेकेदारको पुतला जलाइयो

सिरहा, माघ २६ : सिरहाको हुलाकी राजमार्गअन्तर्गत विभिन्न स्थानमा पटक–पटक सवारी दुर्घटना भइरहँदा पनि सम्बन्धित निकायले चासो नदेखाएको आरोप लगाउँदै स्थानीय युवाहरूले विरोध प्रदर्शन गरेका छन् ।

दुर्घटनामा निरन्तर मानवीय क्षति बढ्दै जाँदा पनि सुरक्षाका उपाय नअपनाइएको भन्दै युवाहरू आक्रोशित भएका हुन् ।

Hardik ivf

प्रदर्शनका क्रममा युवाहरूले प्रधानमन्त्री सुशील कार्की, सिरहाका प्रमुख जिल्ला अधिकारी तथा हुलाकी राजमार्ग निर्माणका ठेकेदार किशोरी कलम साहको पुतला दहन गरेका छन् ।

उनीहरूले सडकको अव्यवस्थित अवस्था, आवश्यक संकेत चिन्हको अभाव र निर्माण कार्यमा लापरबाहीकै कारण दुर्घटना बढिरहेको दाबी गरेका छन् ।

प्रदर्शनकारी युवाहरूले तत्काल सडक सुधार, ट्राफिक व्यवस्थापन र जिम्मेवार निकायको जवाफदेहिताको माग गरेका छन्।

सम्बन्धित निकायले चाँडो पहल नगरे थप कडा आन्दोलन गर्ने चेतावनी समेत दिएका छन्।

प्रकाशित मिति: १३:४३ बजे, सोमबार, माघ २६, २०८२
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्