Kathmandu Press

कपिलवस्तुमा थप ८ जनामा कोरोनाको संक्रमण 

काठमाडौं, जेठ १० : कपिलवस्तुमा थप ८ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। 

शनिबार बिहान राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला, का....

कपिलवस्तुमा थप ८ जनामा कोरोनाको संक्रमण 

काठमाडौं, जेठ १० : कपिलवस्तुमा थप ८ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। 

शनिबार बिहान राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला, काठमाडौंमा गरिएको परीक्षणमा कपिलवस्तुमा सात पुरुष र एक महिला गरी थप आठ जनामा कोरोनाको संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सहप्रवक्ता डा. समिरकुमार अधिकारीले जानकारी दिए। 

नयाँ संक्रमितहरु कपिलवस्तुको वाणगंगा नगरपालिकाका १७, १९, २२, २९, ३५, ४० र ४२ वर्षीय पुरुष तथा २७ वर्षीया महिला गरेको सहप्रवक्ता डा. अधिकारीले बताए। 

योसँगै नेपालमा कोरोनाबाट संक्रमितको संख्या ५४८ पुगेको छ।  संक्रमितमध्ये ७० जना निको भएर घर फर्किएका छन् भने तीन जनाको मृत्यु भएको छ। 
 

प्रकाशित मिति: ०९:४६ बजे, शनिबार, जेठ १०, २०७७
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्