जितनजिक पुगेर नेपाल इंग्ल्यान्डसँग पराजित

काठमाडाैं, माघ २५ : भारत र श्रीलंकामा जारी टि–२० विश्वकपको पहिलो खेलमा नेपाल जित नजिक पुगेर पराजित भएको छ। आइतबार मुम्बईस्थित वनखेडे मैदानमा भएको खेलमा नेपाल जितको नजिक पुगेर इंग्ल्यान्डसँग ४ रनले पराजित भयो।
अन्तिम ९ बलमा १३ रन मात्र चाहिएको अवस्थामा नेपालले ८ रन मात्र बनाउन सक्यो। १८५ रनको ठूलो लक्ष्य पछ्याएको नेपालले ६ विकेटको क्षतिमा १८० रन मात्र बनाउन सक्यो।
नेपाललाई जित नजिक पु¥याउने क्रममा लोकेश बमले २० बलमा ४ चौका र २ छक्का मद्दतमा ३९ रन बनाए। त्यसअघि कप्तान रोहित पौडेल र दीपेन्द्रसिंह ऐरीले ५४ बलमा ८२ रनको साझेदारी गर्दै इंग्ल्यान्डलाई दबाबमा राखेका थिए।
जसमा दीपेन्द्रले २९ बलमा ६ चौका र १ छक्का मद्दतमा सार्वधिक ४४ रन बनाएँदा कप्तान रोहितले ३४ बलमा २९ रन बनाए। त्यसअघि कुशल भुर्तेललले १७ बलमा ४ चौका र १ छक्का मद्दतमा २९ रन बनाउँदै नेपाललाई राम्रो सुरुआत दिलाएका थिए।
बलिङमा इंग्ल्यान्डका लिअम डाउसनले २ तथा लुक उड, जोफ्रा आर्चार, विल ज्याक्स र साम करणले समान १ विकेट लिए।
त्यसअघि टस जितेर पहिला ब्याटिङ गरेको इंग्ल्यान्डले ७ विकेटको क्षतिमा १८४ रन बनाएको थियो। उसका लागि ज्याकव बेथल र कप्तान ह्यारी ब्रुकले अर्धशतक बनाए।
बेथेलले ३५ बलमा चार चौका र चार छक्कासहित सर्वाधिक ५५ रन बनाए भने कप्तान ह्यारी ब्रूकले ३२ बलमा ४ चौका र ३ छक्कासहित ५३ रन बनाए । विल ज्याक्सले १८ बलमा अविजित ३९ रन बनाए । उनले १ चौका र ४ छक्कासहित फिनिसिङ गरे।
ओपनर फिल साल्टलाई नेपालका शेर मल्लले आफ्नो पहिलो बलमै आउट गर्दा इंग्ल्याण्डले चाँडै पहिलो विकेट गुमाएको थियो । ५७–३ को अवस्थामा रहेको स्थितिमा बेथेल र कप्तान ब्रूकले चौथो विकेटका लागि ७१ रनको साझेदारी गर्दै इंग्लिस इनिङ्स सम्हालेका थिए।
बलिङमा नेपालका लागि दीपेन्द्रसिंह ऐरी र नन्दन यादवले २९२ विकेट लिए। डेब्युटान्ट शेर मल्ल र सन्दीप लामिछानेले समान १ विकेट लिए।
शेरले टी(२० विश्वकपबाटै नेपालको सिनियर राष्ट्रिय टिममा डेब्यू गरेका हुन्। शेरसहित आरिफ शेख, लोकेश बम र नन्दन यादवले यसै खेलबा६ टी९२० विश्वकपमा पनि डेब्यु गरे।
यसअघि दुई विश्वकप खेलिसकेका सोमपाल कामी भने इंग्ल्यान्डविरुद्ध बेन्चमा थिए।












