रुपन्देहीमा थपिए ८ जना कोरोना संक्रमित
बुटवल, जेठ १० : रुपन्देहीमा थप ८ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।
शनिबार बिहान प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला, भैरह....

बुटवल, जेठ १० : रुपन्देहीमा थप ८ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।
शनिबार बिहान प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला, भैरहवा गरिएका परीक्षणमा रुपन्देहीको गैडहवा र रोहिणी गाउँपालिकाका ८ जना पुरुषमा कोरोनाको संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सहप्रवक्ता डा. समिरकुमार अधिकारीले जानकारी दिए।
संक्रमितहरु २०, २०, २४, २४, २७, ३०, ३० र ५५ वर्षीय पुरुष रहेका छन्।
योसँगै नेपालमा कोरोनाबाट संक्रमितको संख्या ५४८ पुगेको छ। संक्रमितमध्ये ७० जना निको भएर घर फर्किएका छन् भने तीन जनाको मृत्यु भएको छ।
प्रकाशित मिति: ०९:३२ बजे, शनिबार, जेठ १०, २०७७
प्रतिक्रिया दिनुहोस्
थप समाचार











