Kathmandu Press

विश्वविद्यालय खेलकुद प्रतियोगितामा त्रिविको ह्‍याट्रिक

प्रतियोगितामा विश्वविद्यालयका खेलाडीहरूले विभिन्न विधामा १८ स्वर्ण, ६ रजत र १ कास्य पदक जित्दै आफ्नो क्षमता प्रदर्शन गरेका छन्।
विश्वविद्यालय खेलकुद प्रतियोगितामा त्रिविको ह्‍याट्रिक

काठमाडाैं, माघ २४ : त्रिभुवन विश्वविद्यालयले तेस्रो विश्वविद्यालय कप राष्ट्रिय खेलकुद प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्दै लगातार तेस्रो पटक प्रथम स्थान हासिल गरी प्रतिष्ठित रनिङ शिल्ड आफ्नो नाममा सुरक्षित गरेको छ। प्रतियोगितामा विश्वविद्यालयका खेलाडीहरूले विभिन्न विधामा १८ स्वर्ण, ६ रजत र १ कास्य पदक जित्दै आफ्नो क्षमता प्रदर्शन गरेका छन्।

एथलेटिक्समा आदेश कुमार यादवले १०० मिटर र २०० मिटर दौडमा स्वर्ण जितेका छन् भने अमरनाथ साहले ४०० मिटरमा स्वर्ण हासिल गरे। सुशील के।सी।ले लङ जम्पमा रजत र १०० मिटर दौडमा कास्य जितेका छन्। रमिता कुमारी थारुले २०० मिटर र ४०० मिटर दौडमा स्वर्ण जितेकी छन् भने सिमा कुमारी चौधरीले १०० मिटर र लङ जम्पमा स्वर्ण तथा २०० मिटरमा रजत पदक प्राप्त गरेकी छन्।

Hardik ivf

ब्याडमिन्टनमा क्षितिज खनालले सिङ्गल र डबल दुबैमा स्वर्ण जितेका छन्, दीपेश मुनि बज्राचार्यले सिङ्गलमा रजत जितेका छन्। रसिला महर्जनले सिङ्गल र डबल दुबैमा स्वर्ण प्राप्त गरेकी छन् भने भावना देवी केदेमले सिङ्गलमा रजत पदक जितिन्। टेबलटेनिसमा हिमाल बिष्टले सिङ्गल र डबल दुबैमा स्वर्ण जितेका छन्, सुजन गडालले सिङ्गलमा रजत जितेका छन्। बियन्का राईले सिङ्गल र डबल दुबैमा स्वर्ण हासिल गरेकी छन् भने योङ्गी पौडेलले सिङ्गलमा रजत प्राप्त गरेकि छन्।

बास्केटबल छात्र र छात्रा तर्फ गरि २ स्वर्ण पदक प्राप्त भएको छ। छात्र विधामा अमृत कोइराला, निकेश रेखाल मगर, मनीष के।सी।, सुदीप पौडेल क्षेत्री, र छात्रा विधामा रिन्छेन मोक्तान, सुहाना मल्ल, रोशनी श्रेष्ठ तथा प्रेडिका महर्जन सहभागी रहेका थिए।

भलिबलतर्फ १ स्वर्ण पदक प्राप्त भएको छ। यस टोलीमा दीपेन्द्र अवस्थी, नवीन बि।के।, सायब बस्याल, लोकेश कुमार खड्का, पुकार गुरुङ, पारस बोहरा, सुरेश मल्ल, अनिश निरौला तथा सौगात न्यौपाने सहभागी रहेका थिए।

विश्वविद्यालय टोलीको सफलतामा यस अघिको त्रिभुवन विश्वविद्यालय उपकुलपति कप राष्ट्रिय खेलकुद प्रतियोगिता २०८२, त्यसपछिको उत्कृष्ट बन्द प्रशिक्षण, खेलाडी छनोट तथा व्यवस्थापनमा त्रिभुवन विश्वविद्यालय तथा खेलकुद निर्देशनालयको भुमिका महत्वपूर्ण रहेको विश्वविद्यालयले जनाएको छ। लगातार तीन संस्करणमा च्याम्पियन बन्दै त्रिभुवन विश्वविद्यालयले विश्वविद्यालय खेलकुद क्षेत्रमा आफ्नो वर्चस्व कायम राख्दै रनिङ शिल्ड समेत आफ्नो नाममा सुरक्षित गरेको छ।
 

प्रकाशित मिति: १९:३८ बजे, शनिबार, माघ २४, २०८२
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्